ब्रोईलर कुखुरा पाल्दा के के चिजमा कती कती खर्च लाग्छ त आउनुहोस हिसाब हेरौ जानौ ।
धेरै ब्यक्तिहरुले धेरै ठाउमा कुखुरा पालन गर्दा खाली दना चल्लाको मात्रै खर्छ देखाएर हिसाब देखाएको पाईएको छ । जस्ले कुखुरा पालन ब्याबसायको ट्रेनिङ्ग लिएको छैन त्यसले यि कुरा पत्याएर कुखुरा पालन ब्याबसायमा लाग्दा तपाईको लक्ष ले धोका खान सक्छ । साथै सबै जनले आ-आफ्नो बजार ब्याबस्थापन वा बिस्तार गर्ने क्रम मा भ्रम फैलाउन वा पुरा जानकारी नदिन पनि सक्छन । त्यसैले दाना चल्ला ब्यापारी वा डिलर ले तपाईले कुखुरा पाल्दा लाग्ने खर्चको बारेमा नबताउन पनि सक्छन ।तसर्थ आउनुहोस कुखुरा पाल्नु भन्दा पहिले कुखुरा पाल्दा लाग्ने खर्चको बारेमा जानकारी लिऔ । दलालको युट्युबर र दुईपैसे अनलाईन समाचारमा जस्तो ५० ब्रोइलर पालेर सालमै करोड्पती भन्ने कुरा पत्याएर कुखुरा पाल्न हतार गर्नु भन्दा पहिला के कती खर्च लागी रहेको छ आउनुहोस कुखुरा पालक किसान बाटै बुझौ ।
प्रती चल्ला रु ८०
दाना प्रती कुखुरा ५ केजी प्रती केजी दानाको ६६ रुपयाले जम्मा रु ३३०
पानी किन्न पर्यो भने प्रती कुखुरा रु ०.५
पानी सफा गर्ने औषधी प्रती कुखुरा रु २
भ्याक्सिन प्रती कुखुरा रु २
भुस प्रती कुखुरा रु 8
काठको धुलो प्रती कुखुरा रु १ .५
बिजुली खर्च प्रती कुखुरा रु १
औसधी प्रती कुखुरा रु २०
भिटामिन प्रती कुखुरा रु १०
लेबर कस्ट प्रती कुखुरा रु १५
गाडी भाडा प्रती कुखुरा रु १०
दाना पानी भाडा खर्छ रु १
फार्म पोत्न्, मल उठाउन,सफाइ गर्न,
औषधी छर्न प्रती कुखुरा रु ५
फार्म को भाडा प्रती कुखुरा रु ३
फार्म किन्दाको मुलधन को डिपृसेसन रु १५
कुखुरा लोडिङ्ग प्रती कुखुरा रु १
एउटा कुखुरा उत्पादन गर्न लाग्ने जम्मा खर्च रु ४८०
माथी देखाएको धेरै खर्च हरु मध्य प्रमुख खर्च दाना चल्ला औसधी भिटामिन हुन जुन खर्च कटौती गर्न सक्ने कुनै उपाए छैन । यदी तपाईले कुखुरा पाहाड तिर जहाँ गाउ वडा मै अरु कुखुरा पालेका छैन र शुद्द मुल बाट पानी आउछ भने तपाई लाई कुखुरा को औषधी खर्च प्रती कुखुरा २० रुपया बच्न सक्छ । तर शहर हरु र काठमाण्डौमा त कुखुराको औषधी खर्च प्रती कुखुरा ३० रुपया सम्म जान सक्छ । किनकी यहाँ रोगको महामारिनै छ ।
गाउमा वा तराई तिर भुस खर्च मा प्रती कुखुरा ५ रुपया बचाउन सकिन्छ । काठमाण्डौमा नयाँ कुखुरा पालक किसान ले ३०० रुपया बोरा भुस किन्न बाध्य छन ।
भिटामिन खर्च अझै बढ्न सक्ने सम्भवना देखिन्छ । किनकी यहाँ नयाँ किसान , एक दुई पटक कुखुरा पाल्ने कुखुरा पालक लाई कसैले दाना राम्रो दिदैन । २०सौ बर्ष कुखुरा पाल्ने हरुले भिटामिन मा केहि खर्चमा बचत गर्न सक्छन ।
यदी तपाई चल्ला ब्रुडिङ्मा हिटर पनि जोड्नु हुन्छ भने बिजुली खर्च प्रती कुखुरा २ रुपया सम्म लाग्न सक्छ ।
फर्म वा कुखुराको खोर रहेको जमिनको भाडा काठमाण्डौमा भए प्रती रोपनी १२-१५ हजार बर्षको दिनु पर्छ जुन पाच लट कुखुरामा भाग लगाउदा प्रती कुखुरा ३ रुपया आउन सक्छ । आफ्नै जमिन मा वा सस्तो जमिनमा खोर बनाउनु भयो भने खर्च ५० पैसा १ रुपया कम गर्न सक्नु हुन्छ ।
कामदार राखेर कुखुरा पालन नगरि आफै कुखुरा पाल्नु हुन्छ भने, कुखुरा को खोर लिप पोत्, मल फाल्ने, गाडिमा कुखुरा लोडिङ्ग गर्ने सबै काम आफै र आफ्ना परिवार मिलेर गर्नु हुन्छ भने पनि प्रती कुखुरा ४-५ रुपया खर्च कम गराउन सक्नु हुन्छ तर आफैले गरेको काम को लागतै नजोड्ने भन्ने कुरा हुँदैन । अर्थात कामदार खर्च २५ रुपया प्रती कुखुरा लाग्ने ठाउमा आफैले काम गरेर १५ रुपया बनाउन सक्नु हुन्छ तर शुन्य खर्च चाही हुँदैन । किनकी कुनै पनि ब्याबसायमा आफ्नो लगानी मेहेनत पनि कमै भने पनि जोड्नु पर्छ । दलाल ले हिसाब गरेको जस्तो आफ्नो मेहेनत पसिनाको खर्च शुन्य देखाउने हो भने के कुनै दलाल सित्तैमा तपाईको काम गर्न आउछ ? आउदैन । त्यसैले काम्दार राखेनी आफैले गरेनी खर्च जोड्ने गरौ ।
अब आयो फर्म किन्दाको मुल धन त्यसको डिप्रीसेसन निकाल्दा प्रती कुखुरा १५ रुपया सम्म पर्न सक्छ । यदी तपाईले १००० कुखुरा अट्ने कुखुराको खोर सस्तो अथवा कम मुल्यमा किन्नु भयो बनाउनु भयो भने पनि प्र्ती कुखुरा फर्म किन्दाको खर्च कम हुन सक्छ ।फर्म किन्दाको वा बनाउदाको खर्च प्रतेक कुखुराले बेहर्नु पर्छ त्यसैले यो प्रती कुखुर १०-१५ सम्म लाग्न सक्छ । धेरै दलाल हरुले यो खर्च देखाएको पाईदैन । त्यसो हो भने कुनै दानावाला वा दलाल डिलर ले सित्तैमा कुखुराको खोर दिन्छ ? दिदैन । त्यसैले तपाईले फर्म किन्दाको मुला धन कती बर्षलाई किनेको हो त्यती बर्षलाई भाग गरेर प्रती कुखुरा खर्च निकाल्नु पर्छ ।
Comments