आउनुहोस पन्ध्र सय मै आफ्नै घरमा ब्रोइलरको दाना बनाउन सिकौ । माटो जस्तो दाना किनी अरुलाई नपोसौ ।


ल आउनुहोसा हेरौ कसरी ब्रोइलर कुखुराको दाना बनाउन सकिन्छ त,त्यस्को लागी साधरण कच्चा पदार्थको मात्रा प्रतिशतमा बुझौ । अझ मानौ हामी १०० के जि दाना बनाउन लागिरहेका छौ भने तल दिईएको प्रतिशत लाई तपाई के जि बुझ्न पनि सक्नु हुन्छ । 

१,    मकै                                                            63.2%

२,   भटमासको पिना (सोया डी ओ सी)                 27.7%
३,   भटमासकै तेल (सस्तो खाने तेल)                    2.3%
४,   हड्डिको धुलो (एम बि एम्)                              ४% 
५,   डाईक्याल्सियम फस्फेट (डि सि पि)                ०.३८% 
६,   चुना (एल यस पि)                                         १.२% 
७,   नुन (सोडियम क्लोराईड)                              ०.१६%  
८,   खाने सोडा (सोडिएम बाईकार्बोनेट)               ०.१९%  
९,   मिथियोनिन (डि एल एम)                              ०.२२%  
१०,  लाईसिन                                                     ०.१२% 

माथिको फर्मुला मा प्रमुख कच्चा पदार्थ भनेको मकै, भट्मासको पिना, र हड्डिको धुलो हो । बाकी सामाग्री ज्यादै न्युन मात्रामा हाल्नु पर्ने हुनाले त्यस्को खर्च कम आउछ तर ति पदार्थ दानामा नभै नहुने पदार्थ हुन ।कुखुरा बढ्न ति पदार्थको ठुलो भूमिका हुन्छ । 
अब कहाँअ पाईन्छ त यि माथिका सामान हरु बुझौ । मकै, भटमासको पिन, चुना, हड्डिको धुलो, नुन सोडा, तेल्, डिसिपी स्थानिए बजारमा सजिलै पाईन्छ । यो मिथियोनिन र लाईसिन को लागी काही काठ्माण्डौको ठुला औसधी भेटेनारी होलसेलर सङ्ग सम्पर्क राख्नु भयो भने उपलब्ध गराईन्छ । लाईसिन, मिथियोनिन्, डिसिपी र एल यस पि २०-२५ के जि को बोरामा मात्रै पाईन्छ र मह्ङ्गो पनि हुन्छ तर नडराउनुस २० केजी को त्यो सामान ले  टन का टन दाना बनाउन सकिन्छ किनकी त्यो सामान १ ट्न मा १-२ के जि मात्र हाले पनि पुग्छ । 
माथिको सामान बाहेक पनि दानामा अरु शुक्ष्म तत्व हरु हुन्छन जुन यसप्रकार छन ।
१, थृयोनाईन                                   ०.००२% 
२, भिटामिन ्प्री मिक्स (डि एस यम्)  ०.०५% 
३, ट्रयास मिनरल                             ०.०५%
४, मदुरामाईसिन                             ०.०५%
५, कोलिन                                      ०.०५%
६, नानो सिलेनियम                          ०.००५%
७, फाईटेज                                    ०.०५%
८ भिटामिन सि                                ०.००९

यि माथिका शुक्ष्म तत्व धेरै कम मात्रामा यानेकी माथिको आठ वटा तत्व मिलाएर जम्मा ०.५ % भए काफी हुन्छ अर्थात १०० के जि दानामा जम्मा ५०० ग्राम भए हुन्छ । त्यसैले यो सामान  छुट्टा छुटै किनेर दानामा हाल्नुको सट्टा औसधी पसल बाट सबै  तत्व भएको १-१० लिटरको झोल किनेर सिधै पानीमा दिए पनि हुन्छ वा  दाना मा मिसाए पनि हुन्छ । यो तत्व्हरु  जसरि हामिले ब्रोइल पाल्दा भिटामिन , एमिनो एसिड्, ट्क्सिन बाईन्डर्, ग्रोथ प्रमोटर आदी खुवाउछौ त्यही तत्त्व परिपुर्ती गर्न खुवाउछौ । तसैले ति तत्व हरुको बारेमा धेरै टेन्सन लिन पछी नलाग्नुसा ।सिधै बजार बाट किनेर खुवाउनुस ।

कसरी बनाउने त दाना ? दाना बनाउन तपाईलाई पहिला एउटा दाना बनाउने मेसिन चाहिन्च, जुन ४०-५० हजार रुपया मा आउछ । त्यस मिसिन मा सबै दाना चाहिने मात्रामा हालेर कुखुरा ले निल्न सक्ने गरी पिसे पछी एउटा ठुलो ठाउमा खन्याएर राम्रो सङ्ग साबेल ले वल्टाई पल्टाई गरी मिक्स गर्नु पर्छ या नभए कङकृ्ट मिक्सर मेसिन (सानो मोटर ले घुमाउने पनि पाईन्च) ले घुमाए पनि हुन्छ । त्यस पछी तपाईको दाना तयार भयो जुन बजार मा पाईने दाना भन्दा धेरै गुण्स्तरिय हुन्छ । 

यसरि तपाईले घरैमा सबै सामान सिजन मिलाएर किनेर कमसेकम १-२ बर्षको लक्ष लिएर दाना बनाउनु भयो भने अहिलेको हिसाबले १२-१५ सय सम्म मा तपाई दाना तयार गर्न सक्नु हुन्छ ।जुन दानालाई तपाई ले ३७ सय सम्म हाल्नु हुन्छ त्यो भन्दा डबल गुण्स्तरको दाना तपाइ आधा दाम मा बनाउन सक्नु हुन्च, ।