कसरी ठगीन्छ ब्रोइलर कुखुरा पालक साना किसान हरुलाई नेपालमा ? ?


नेपालको ब्रोईलर कुखुरा पालना क्षेत्रको लगभग ६५ प्रतिशत हिस्सा साना किसान हरुले ओगटेको छ । साना किसानहरु मध्यमा पनि लगभग ७५ प्रतिशत बिदेश बाट फर्किएका युवाहरु पर्छन जो बिदेश बाट नेपालमानै केहि गर्न भनी फर्किएकाहरु पर्दछ्न । साना किसानहरु मा पनि १०० देखी ३००० कुखुरा पाल्नेहरु देशै भरी फैलिएका छन ।यो ब्याबसायनै धान्ने भनेको साना किसान नै हुन तर यो पेसा अङ्गाल्ने र छोड्ने हरुको प्रतिशत लगभाग ९५ भन्दा धेरै छ । यो पेशा छोडेर जाने र फेरी नयाँ किसान आउने किन भईरहेको छ त भनेर गहिरेर बुझ्दा यो क्षेत्रमा भएको ब्रम्हलुट र राज्यको वेवास्तानै मुख्य  दुई कारण हो ।

 नयाँ किसानलाई फसाएर यो पेसामा ल्याईन्छ र दाना ,चल्ला ,औषधी र ब्रोइलर ब्याबसायी सङघ मिलेर एक आध बर्षमानै हलाल गरी यो पेसा बाट निकालिन्छ ।प्राय किसानलाई या त लोनको भार बोकाईन्छ  या घरखेत बेच्न बाध्य बनाएर सुकुमबासी बनाइन्छ या फेरी बिदेशै फर्कन बाध्य बनाईन्छ । लुटिएकालाई पाखा लगाएर फेरी नयाँ किसानलाई फसाईन्छ  र त्यसलाई पनि आधा एक बर्षमा नै भिकारी बनाएर निकालिन्छ । फेरी नयाँ मुर्गा खोजिन्छ अनि हलाल गरिन्छ र यती तेजिको साथ (धेरै भए एक बर्ष लाग्ला) लुटिन्छ कि त्यो किसानले के भयो भनेर पत्ता लगाउन पनि सक्दैन । यसरिनै लुट चलिरहेको छ, बिसौ बर्ष बाट चल्दै आएको छ र सरकारको बेवास्ता हेर्दा अझ सदियौ सम्म चल्लाजस्तो छ,

नयाँ किसान या बिदेश बाट फर्किएका वा यो क्षेत्र भन्दा बाहिरको ब्यक्तिहरुलाई कसरी यो क्षेत्रमा तानिन्छ कसरी फसाईन्छ  र कसरी लुटिन्छ त ?  किन किसानहरु केहि गर्न सक्दैनन त ? भन्ने बारेमा यि दलालहरुको बिभिन्न सङ्गठित योजनाहरु पढे पछी सबै छर्लङ्ग हुनेछ ।

कसरी यो पेसामा नयाँ किसान वा बेदेशबाट फर्किएका लाई तानिन्छ भने हरेक सालको एक दुई महिना भरिनै वा सालको बिच बिचमा एक दुई पटक जिउदो कुखुराको मुल्य बढाईन्छ अझै आकासै छोला जस्तो मुल्य बनाईन्छ्, अनि बजारमा जिउदो ब्रोइलरको कृतिमा अभाब गरिन्छ्, मिडियामा ब्याबसायी सङ्घ ले पैसा खुवाएर कुखुराको मुल्य बृद्दी र बजार अभाबको समाचार छापिन्छ । यो बर्ष २०७७ बैसाख १ गते नेपालको कुनै ठाउमा १२० केजी मुल्य  छ तर यि दलाल हरुले नयाँ किसान लाई फसाउन या आकर्षित गर्न २०६५ साल देखिनै बर्षको एक पटक जिउदो कुखुराको मुल्य प्रती केजी २५० देखी ३००  रुपया सम्म बनाइ बजार अभाबको नाटक गर्दै आएका छन । कुखुराको अत्याधिक बजार माग र जिउदो कुखुराको आकासियको मुल्य देखेर बेरोजगार किसान वा बिदेश बाट आएको ब्याक्ती तुरुन्त यो पेसामा हाम्फाल्नेनै भए  तर उस्को कुखुरा बेच्ने बेला सम्म द्लाल ब्याबसायी सङघ ले मुल्य घटाएर ५० प्रतिशत लगानी पनि नउठ्ने स्थिती बनाईदिन्छ । एक पटक घाटा खाए पछी अरु एक दुई पटक त्यो किसानले मुल्य बढ्ने आसामा  कुखुरा पाल्छ तर त्यसमा पनि घाटा खाएर डुबे पछी बाध्य भएर उस्ले त्यो पेसा छोड्नै पर्छ किनकी अब उस्लाई चल्नको लागी पुजिनै हुँदैन । घरबार बेचेर दाना चल्ला औषधीको  मुल्य तिरेपछी  उस्को खेल सकिन्छ । यसरि आठ नौ महिनामा नै त्यो किसानले  यो पेसाबाट हात धोइसकेको हुन्छ भने नयाँ किसान यो पेसामा हुल्न फेरी एक दुई महिना त्यही बजार अभाब , मुल्य बृद्दी र मिडिया बाजिक नाटक गरिन्छ र यो ब्याबसाय दलालहरुले यसरिनै चलाई रहन्छन ।

के कसरी लुटिन्छ त  किसान हरुलाई भनेर भन्दा  पहिला केहि नजाने नबुझेको सोझा लाटा किसानलाई ब्रोईलर कब ५०० को चल्ला भनेर झुक्याई कुनै कम्पनिले ट्रायल गरेको वा छानेर खाडलमा पुर्न राखेको गुण्स्तरहिन चल्ला ७५ देखी ९५ रुपया सम्म  मुल्यमा भिडाईन्छ अब यो चल्ला बढ्दैन भन्ने उनिहरुलाई पहिलेनै थाहा हुने हुनाले दाना पनि त्यस्तै नयाँ कम्पनिको वा दुई नम्बरी घरैमा बनएको दाना दिइन्छ । गुणस्तर्हिन दाना र चल्ला लिई पालदा २ केजी कुखुरा  बनाउन १२० दिन लागनेनै भयो यो भनेको किसानको लगानी ४ गुणा बढ्नु हो किनकी ब्रोईलर ब्याबसायमा फाईदा लिन तपाईले ३२ दिनमा कुखुराको तौल २ .२ kg बनाई सक्नु पर्नेछ ।
लाटा किसानलाई माथी उल्लेख गरेझै बिधी अपनाएर ठग्ने दाना चल्ला डिलर हरु जता ततै छन ।

अब पढेलेखेका देशै भरिका किसानहरुलाई चाही दाना  चल्लाको एफ सि आर नखुलाएर लुटिरहेका छन ।ईन्डिया लगाएत बिदेशी दाना कम्पनिहरुले १ .४ एफ सि आर  (फिड कन्भर्सन रेसियो) नआए क्षतिपुर्ती दिने ब्याबस्था गरेका छन अर्थात ३२ दिनमा ३ .५-४ के जि दाना खुवाएर २ .२ के जि कुखुराको  तौल नआए क्षती पुर्ती दिने ब्याबस्था हुन्छ तर नेपालमा देशै भरिको दाना कारखाना मिली यो  एफ सि आर भन्ने कुरालाई नै लुकाउदै आई रहेका छन र देशै भरिको कुखुरा २ .५ किलो पुग्न कारीब ५० दिन लाग्ने र ५-६ केजी दाना प्रती कुखुरा लाग्ने गर्दछ यो हिसाबले नेपाली दानाको एफ सि आर २ .७-३ सम्म छ असरी एफ सि आर बढनु भनेको खर्च बढ्नु हो ।
यसरि निम्न गुणस्तरको दाना को बारेमा यो दलाल सरकार मौन बस्दा पनि किसानहरु मारमा परिरहेका छन । त्यस्तै दानामा भिटामिन औषधी  पटक्कै नहुनाले किसानहरुले नै भिटामिन र औषधी मा धेरै खर्च गर्नु परी रहेको छ । साधरणतय २-३ भ्याक्सिन लगाएर हुने ठाउमा लाखौको औषधी र भिटामिन्, क्याल्सियम्, ट्क्सिन बाईन्डर, लिभर टोनिक्, इम्युन बुस्टर तथा एमिनो यसिड छुट्टै किनेर खुवाउनु पर्ने बाध्यता किसानहरुलाई छ ।

अर्को लुट्ने बिधी भनेको दानाको मुल्य बढाएर हो । साधरण्तय दानामा हाल्ने कच्चा पदार्थ सिजनमा मकै १९ रुपया, पिना ३२ रुपया, हिड्डिको धुलो ४५ रुपया गहु २८ रुपया, भुस ३० रुपयामा पाईन्छ तर दानाको मुल्य ६५ रुपया प्रतिकेजी भन्दा कहिले घट्दैन ।त्यही पनि भिटामिन मिनरल औषधी केहि नभएको धेरै प्रतिशत ढुङ्गा भएको दानाको मुल्य उत्पादन मुल्य भन्दा दुईगुणा छ । १५ सय पर्ने दानालाई ३६५० सम्म मा बेचिरहेका छ्न दलालहर ।त्यसैले धेरै मुल्य दाना मा जाने हुनाले कुखुराको  उत्पादन मुल्य धेरै भई घाटा हुनेनै पाक्का हुन्छ । अर्को प्रमुख लुट्ने बिधी भनेको जिउदो कुखुराको मुल्य  कम हुनु हो । हाम्रो देशमा जिउदो कुखुराको मुल्य कस्ले निर्धारण गर्छ किन घटाउछ किन बढाउछ भन्ने कुरामा पनि सरकार बेखबर छ । खासमा ठुला ठुला कोल्डस्टोर हरुले आफ्नो स्टोरमा रहेको फ्रोजिन कुखुरा  बेच्ने बेलामा कुखुराको भाउ बढाउने र उनिहरुले कोल्ड्स्टोरा भर्ने बेलामा र बाकी बेलामा चाही मुल्य घटाउने कुरा त सबैलाई थाहै छ । मुल्य पनि यसरी घटाईन्छ कि लगानिको आधा मुल्य पनि आउदैन । 
अहिले दानाको मुल्य प्रती केजी ६५ छ चल्लाको मुल्य प्राय ८० हुन्छ २ केजिको कुखुरा उत्पादन गर्न कारीब ५ केजी दाना  लाग्छ । ५ केजिको दानाको  प्रती केजी ६५ रुपयाको   दरले जम्मा ३२५ हुन आउछ र त्यसमा चल्लाको मुल्य ८० रुपया जोड्दा ४०५ रुपया खाली दाना चल्लाको खर्छ मात्रै हुन आउछ ।पानी खोर भाडा औषधी, भुस्, कामदारको खर्च दाना भाडा  आदी खर्च नजोड्दा मात्रै पनि प्रती केजी लगानी २०२ रुपया लाग्छ । तर बर्षको करिब १० महिना जती ब्याबसायी सङ्घ का दलालले १२०सम्म जिउदो कुखुराको मुल्य तोक्छ्न ।यसरि प्रती केजी नै १०० रुपया घाटा सिधै किसानले उठाउनु पर्दा त  उ सिधै डुबनेनै भयो । 


माथी बताईएका प्रमुख लुट बाहेक अरु पनि धरै किसिमले किसानलाई ठगिन्छ ।कुनै कुनै बेला किसानलाई मानौ फाईदा भई हाल्यो भने पनि उस्ले फाईदा गरेको पैसा धेरैले तुरुन्त हिसाब गरेर दिदैनन अनि उनिहरु बेलामा नै यो पेसा बाट निस्कन पाउदैनन्, ब्याबसायी सङ्घले तोकेको मुल्यमा पनि १०-१५ रुपया प्रती केजी घटाएर किसानलाई भुक्तानी गरिन्छ । जस्ले घाटा माथी घाटै बड्छ । अर्को घाटा भन्दा किसानको कुखुरा ड्राईभर , कुखुरा किन्ने कोल्ड स्टोर ले चोरेर्, काटा तराजुमा झुक्याएर अनि  कुखुराको पेट ठुलो छ, दाना धेरै खाएको रहेछ भनेर  प्रती गाडि२०-२५ केजी जर्ती काटेर पनि किसान लुटिरहेका हुन्छन । २ कि मि टाढा मात्र टाढा कुखुरा लानुपरेपनी गाडी भाडा ४००० रुपया किसानले नै बेहर्नु पर्छ किनकी गाडी पनि उनिहरुले नै भनेको प्रयोग गर्नु पर्छ । 

यि बाहेक  इन्डियन कुखुरा भित्र्याएर नेपाली कुखुराको मुल्य घटाउने, बिभिन्न रोग वा महामारी आएको हाल्ला चलाएर कौडिको मुल्यमा कुखुरा बेच्नु पर्ने वा गाड्नु पर्ने  अनि किसानलाई कहिले पनि क्षतिपुर्तिको ब्याबस्था नगरेर राज्यले नै ब्रोइलर कुखुरा पालक किसान हरुलाई लुटिरहेको छ,

लेखक
 किशोर के सि
९८२३५६०२४९