माछा मासु अण्डा र दुध ढुक्क भई खाऔ, किसानमारा दलालहरुको हल्लामा नलागौ ।


हाम्रो देश नेपाल हल्लाको भरमा चल्ने देश हो । बिभिन्न किसिमका सङ्गठनहरु आफ्नो स्वार्थको लागि बिभिन्न भ्रामक हल्लाहरु फैलाई फाईदा लिने गरी रहेका छन । सरकारले पनि त्यस्ता भ्रमको खेती गर्ने तत्वहरुलाई कार्बाही गर्नुको सट्टा तिनै को समर्थन गरी अझै प्रोत्साहित गरिरहेको छ । धेरै ब्यक्तिहरुलाई यो भ्रम फैलाउदा कस्लाई के फाईदा हुन्छ भनेर त्यसको मुल चुरो थाहै छैन र वास्ता पनि नगरि पत्याउछ्न । त्यसैले यो माछा मासु खादा कोरोना सङ्क्रमण अझै फैलन सक्ने र विश्व स्व्स्थ सङ्गठनले मासु नखानु भनी निर्देश दिएको भन्ने भ्रामक समाचार को पछडी कुन कुन  स्वार्थ लुकेको छ त त्यो कुरा माछा मासु अण्डा र दुध उपभोक्ता हरुलाई छर्लङ्ग हुनु जरुरी छ ।


किन फैलाईन्छ त  माछा मासु नखाऔ भन्ने हल्ला ?
हुन त यो हल्लाको पछी सबै मान्छेहरु लाग्दैनन र यस्ता प्रायोजित समाचारको भरमा कसैको खानपान चलेको पनि हुँदैन तर पनि बिभिन्न दुई पैसे अनलाईन बाट किन हल्ला फैलाईन्छ त भन्दा त्यो हल्लाको प्रमुख लक्ष भनेका मासु उपभोक्ता नभै माछा मासु उत्पादक किसान हुन । यसरि हल्ला फैलाए पछी माछा मासु बिक्न कम भएको अर्थात दलालकै भाषामा बजार जाम भयो भनी जिउदो खसी कुखुरा को मुल्य घटाईन्छ वा बिक्न छोड्यो भनी किसानको कुखुरा लाई खोरमै सडाउन बाध्य बनाईन्छ । अनि या त यि कुखुरा ब्याबसायिले सित्तैमा  जिउदो कुखुरा उठाउछन या कौडिको भाउमा ।त्यसबाट यि कुखुरा खसी दलाल हरुलाई सयै गुणा फाईदा हुन्छ किनकी मासु खाने उपभोक्ता लाई मासु उहि चर्को मुल्य मा नै बेचिन्छ । भनाईको मतलब  डब्लु एच ओ ले मासु नखानु भन्ने समाचार छापिन्छ, अनि समाचारको कारणले मासु बिकेन भनी किसान को जिउदो बाख्रा कुखुराको भाउ घटाईन्छ र कौडिको भाउमा किसान सङ्ग किनेर मासु खाने उपभोक्ता लाई चली आएको मुल्यमा नै बेचिन्छ र बिचको नाफा कुनै कामै नगरि बिचौलियाले खान्छ न उत्पादक किसानलाई फाइदा हुन्छ न मासु बेच्ने कसाईलाई फाईदा हुन्च यसबाट दलाल बिचौलिया मात्रै मोटाउछ । उदाहरण को लागी कुखुरा पालक किसान हरुले भर्खरै २५ रुपया गोटा साढे  दुई केजी को कुखुरा बे चे  तर मासु किन्न सर्ब सधरण जादा ३५० रुपया केजी भन्दा कम मा कहिले पनि भएन । २०६५ साल बाट यो २०७७ साल सम्म मा किसानको जिउदो कुखुराको मुल्य १२० रुपया प्रती केजी सम्म तोकियो तर मासु उपभोक्ताले  ३५० भन्दा कम मुल्य मा कहिले पाएन । छ कोही माईका लाल जस्ले १२० रुपयामा कुखुराको मासु किनेको ? पक्कै छैन ।


कसरी गर्छन त दलालहरुले भ्रमको खेती ? ? 

नेपालामा दुई पैसे अन्लाईन पत्रीकाअ धेरै छन र बेरोजगार फेसबुके हरु पनी । यि कुखुरे दलाल हरुले त्यस्तै १२-१५ अन्लाईन लाई पैसा खुवाएर कुखुराको भाउ अब बढ्ने, मासु खोजेर पनि पाइदैन्, कुखुराको मासु लाई ६०० रुपया पर्न सक्ने भनी फैलाउछन त्यस पछी कुखुरा पाल्ने हरुले अत्याधिक मात्रामा कुखुराको चल्ला पाल्न थाल्दछन एता दलाल दिन गनिरहेको हुन्छ जब किसानको कुखुरा ३५-४० दिन हुन्छ फेरी दलहरुले पैसा खुवाएर मासु नखाऔ , या महामारिमा मासु खानु अझै खतरा भन्दै  समाचार निकाल्छ । अनि किसानको कुखुराको मुल्य कैडी बराबर बनाई केनेर चर्को मुल्यमा बेचिन्छ । यस्को ज्वलन्त उदाहरण अहिलेको लकडाउन सुरु हुनासाथ बिभिन्न ठुला ब्यापारिको अन्तर्वाताको साथमा कारीब १५ अन्लाईन ले अब आउने दिनमा ५०० रुपया सम्म कुखुराको मुल्य हुन सक्ने  समाचार छापे ठिक त्यसको  २५-३० दिन पछी  फेरी अहिले आएर डब्लु एच वो ले नखानु भनेको छ भनी समाचार छापेका छन ।अब यि  दलालले कौडिको भाउमा किसान बाट जिउदो कुखुरा किन्छ्न अनि महँगोमा उपभोक्तालाई बेच्छन ।खाली यो किसान मार्ने र दलाल मोटाउने खेल हो । न कसैले मासु खान छोडेको छ न मासुको मुल्य घटेको छ । छ त कतै कुखुराको मासुको मुल्य १२० रुपया केजी ? ?


खासमा डब्ल्यु एच ओ को कुरा के हो त ?

डब्ल्यु एच ओ  ले ब्याबसायिक रुपमा पालिएका कुखुराको मासुको बारेमा अझै सम्म त्यस्तो नकारात्मक सुचना जारी गरेको छैन । बरु मासु खाई इम्युन सिस्टम बलियो बनाई कोरोना सङ्गा लड्न मद्दत हुने कुरा सबैलाई बताएको थियो । अहिले भर्खरै अबिकसित मुलुक हरुका लागी जङ्गगली पशु तथा पङ्छिहरुको मासु नखानुहुन अनुरोध गरेको छ । यो कुरा जङ्गली पशु पङ्छिको लागी मात्र जारी गरिएको हो त्यो पनि जुन देशमा जङ्गल मा सिकार गर्ने कानुन फितलो छ । त्यही कुरालाई नेपाली दलाल हरुले ब्याबसायिक रुपमा पालिएको कुखुरा बाख्रा तथा माछा मा जोडेका हुन त्यसमा कुनै सत्यता छैन यो खाली नेपाली किसान लुट्ने खेल मात्र हो ।

के भन्छन त हाम्रा स्वास्थ बिशेषज्ञहरु

विश्व पशु स्वास्थ्य संगठनको हवाला दिंदै पशु पन्छीको मासु नखान कतिपय सञ्चार माद्यममार्फत भ्रम सिर्जना हुन गएकोेमा यस एशोसिएसनको गम्भिर ध्यानाकर्षण भएको छ । संक्रमित मानिसबाट मानिसमा सरेर विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ सार्ने सम्बन्धमा पशु पन्छीको कुनै भूमिका प्रमाणित नभएको नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले बताउनुभयो ।

यदी तपाईले यो पोस्ट पढ्नु भयो भने कृपया कम्तिमा पनि १० पटक फेसबुक सेयर गरी दलालहरुको भन्डाफोर गरौ । ।