के तपाई ब्रोईलर कुखुरा पाल्ने सोचमा हुनुन्हुन्छ? पख्नुहोस पहिला फाईदा हुन्छ कि हुँदैन हिसाबै हेरौ ।


कुनै पनि ब्याबसाय गर्नु भन्दा पहिले यदी  त्यो ब्याबसाय सम्बधी गहिरेर हिसाब गरिएन भने  तपाई सफल हुने सम्भावना कम हुन्छ त्यसैले तपाईलाई त्यो पेसाको सम्पुर्ण तथ्यहरु थाहा हुनु पर्छ । सबै ब्याबसायको सम्पुर्ण डाटाहरु तपाईले पहिलेनै मोटामोटिनै पाउनु भयो भने नि तपाईलाई लगभग अन्दाजा हुनेछ । त्यसैले यदी तपाईले ब्रोईलर कुखुरा पाल्न चाहानुहुन्छ भने दलालको हल्लामा नलाग्नुहोस । आफै हिसाब गर्नुहोस अनि फाईदा छ कि छैन बिचार गरेर मात्रै सुरु गर्नुहोला । २०७७ बैसाख १ गतेको डाटाहरुमा आधारित रहेर एउटा ब्रोइलर कुखुरा पाल्न खर्च निकालिएको छ हेर्नुहोला अनि मात्रै चित्त बुझेमा यो ब्याबसाय अङ्गाल्नुहोला । 

प्रती चल्ला रु ८०

दाना प्रती कुखुरा ५ केजी प्रती केजी दानाको ६६ रुपयाले जम्मा रु ३३०

पानी किन्न पर्‍यो भने प्रती कुखुरा ५०पैसा 

पानी सफा गर्ने औषधी प्रती कुखुरा  २ रुपया

भ्याक्सिन प्रती कुखुरा २ रुपया

भुसा प्रती कुखुरा 8 रुपया

काठको धुलो प्रती कुखुरा  १ .५ रुपया

बिजुली खर्च प्रती कुखुरा १ रुपया

औसधी प्रती कुखुरा  २० रुपया

 भिटामिन  प्रती कुखुरा १० रुपया

लेबर कस्ट प्रती कुखुरा १५ रुपया

गाडी भाडा प्रती कुखुरा  १० रुपया

दाना पानी भाडा खर्छ  १ रुपया

फार्म पोत्न्, मल उठाउन,सफाइ गर्न, औषधी छर्न प्रती कुखुरा   ५ रुपया

फार्म को भाडा प्रती कुखुरा  ३ रुपया

फार्म किन्दाको मुलधन को डिपृसेसन १५ रुपया ।

एउटा कुखुरा तयार गर्न लाग्ने जम्मा खर्च रु ५०६ 

मानौ मरेको कुखुरा को सङ्ख्या शुन्य वा नगन्य भयो भनी मान्दा र माथिको खर्च लगाएर एउटा कुखुराको एभरेज तौल २ ।५ के जि भयो भनी मान्दा (नेपालको स्थितिमा त्यो पनि गार्होनै छ) प्रती केजी जिउदो कुखुराको लगानी खर्च रु  २०२ हुन आउछ ।  
कुखुराको बजार मुल्य काठमाण्डौ मा एभरेज १७० प्रती केजी हुन्छ (१२ महिनाको सालाखाला निकाल्दा)

अब तपाई आफै यो हिसाब हेरेर ब्रोईलर कुखुरा पाल्ने कि नपाल्ने निर्णय गर्नु होला ।


माथिको हिसाब मेरो तरकेश्वर मा रहेको  ३००० कुखुरा अट्ने पक्की फर्म को हो जुन मैले ८००००० मा किनेको हो जस्को पाच साल एगृमेन्ट छ । र भाडा बार्षिक ६०००० छ । यदी मैले ३००० कुखुरा पाले भने  बर्षमा ५ पटक पाले भने पनि फिक्स कस्ट (फार्म किन्दा लागेको खर्च्) प्रती कुखुरा १५ रुपया र भाडा प्रती कुखुरा ३ रुपया आउछ । पानी १० ट्याङ्कर किनियो प्रती ट्याङ्कर १३०० रुपयामा किनियो, पानी सफा गर्ने औषधी ६००० रुपया ,४ वटा भ्याक्सिन रु ६००० , भुस १२० बोरको २४००० रुपया,काठको धुलो ५० बोरा ५००० रुपया, बिजुली खर्च दुई महिनाको ६०००रुपया,  औषधी ६०००० रुपयाको, भिटामिन ३०००० रुपया कामदर एक जनाको दुई महिनाको तलब ५०००० रुपया, कुखुरा उठाउदा लागेको ८ गाडिको खर्च ३२००० रुपया,दाना पानी भुकारी भाडा किनेर प्रती बर्ष प्रती लट हिसाब ३००० रुपया, फार्म पोत्न ३००० रुपया मल उठाउन ८ हजार रुपया, फर्मालिन फिनेल किन्न छर्न किन्न ४००० रुपया, र कुखुरा उठाउन १६ जना मान्छे २ घण्टाको खोज्दा ४००० रुपया लागेको थियो । जम्मा बेचेको कुखुराको तौल ६५००केजी भयो भने १७० रुपया प्रती केजी बजार मुल्य पाईयो । ।