के हो दानाको एफ सि आर ? किन एफ सि आर जान्न जरुरी छ ? दाना कम्पनिले किन लुकाउदै छ एफ सि आर ?


एफ सि आर भन्नाले फिड कन्भर्सन रेसियो भन्ने बुझिन्छ । भनाईको मत्लब तपाईले कुखुरालाई खुवाएको कती दानाले कती कुखुराको तौल आयो भन्ने बुझिन्छ । फिड कती कुखुराको ज्यानमा लाग्यो वा कती दाना कुखुराले खाएर मासुमा परिणत भयो भन्ने हिसाब लाई नै एफ सि आर भनिन्छ । एफ सि आर निकाल्न पहिला लगभग एउटा कुखुराले खाएको दानाको तौल निकालिन्छ अनि त्यसलाई एउटा कुखुराको तौल ले भाग गरिन्छ अनि आएको भागफल लाई नै एफ सि आर भनिन्छ ।मानौ तपाईंको एउटा कुखुराको तौल २.२ के जि आयो र त्यसले दाना र केजी खायो भने तपाईंको दानाको एफ सि आर १.३६ भयो । एफ सि आर जती थोरै आयो त्यती राम्रो हुन्छ भने खासमा ब्रोइलर कुखुराको दानाको स्ट्याण्डर्ड  एफ सि आर १.४ देखी १.६ सम्म हुनु पर्छ । हाम्रो छिमेकी मुलुक भारतमनै आजकल एफ सि आर १.३९ सम्म आई सक्यो । भने नेपालामा चाही एफ सि आर २.३ देखी २.८ सम्म पुग्छ ।अर्थात २.५ केजिको कुखुरा बनाउन कारीब कारीब ७ केजी दाना लाग्दछ ।जती धेरै दाना लाग्यो त्यती धेरै खर्च हुन्च, कमाई भन्दा धेरै दानामा खर्च भए पछी अबस्यनै घाटा लाग्छ ।

नेपाली दानाको एफ सि आर किन त्यती धेरै छ त भन्दा यो पेसामा लाग्ने धेरै किसानको लापर्बाही र अज्ञानाताको फाईदा लिदै दाना कम्पनिले गुणस्तरहिन दाना उत्पादन गर्नाले नै हो ।धेरै कुखुरा पालक किसान लाई कती दाना खाए पछी कती तौल आउनु पर्ने हो थाहानै छैन । जस्लाई थाहा छ त्यसले पनि त्यसलाई वास्ता गरेन र वास्ता गरेर दाना कम्पनिलाई भने पनि दाना कम्पनिले  किसानकै ब्याबस्थापन पक्ष लाई दोस दिन्छ । त्यही चक्करमा किसानको पैसा अरु भिटामिन र औषधीमा खर्छ हुन्छ ।

त्यसैले एफ सि आर प्रत्यक्ष रुपमा दानाको गुणस्तर सङ्ग सम्बन्धित हुन्छ, यदी दानाको  गुणस्तर राम्रो छ भने थोरै दानाले पनि कुखुरा ठुलो हुन्छ,  गुणस्तर हिन दाना जती खुवाए पनि कुखुराको तौल नआउने , धेरै दिन सम्म पाल्नु पर्ने हुन्छ । कुखुराले दाना धेरै खायो तर तौल कम आयो भने तपाईको कमाई भन्दा खर्च धेरै आयो । सिधा सिधा कुरा गर्दा यदी ३२ दिन देखी ३५ दिन सम्ममा तपाईको कुखुराले ३केजी देखी ३ ।५ केजी दाना खादा खुद कुखुराको तौल २ ।२ आएन भने त्यो दानाको  गुणस्तर राम्रो छैन ।तसैले तपाईले पक्कै पनि त्यो लटमा घाटा सहनु पर्ने छ । 

तर पनि दाना कम्पनिले आफ्नो गल्ती त्यतिकै स्विकार गर्दैनन । तपाईको खोर ब्याबस्थापनको बारेमानै प्रश्न उठाईन्छ जबकी कुखुरा पालक किसान हरुमा पढे लेखेका कृषी डाक्टर देखी डिप्लोमा डिग्री गरेका सम्मका कुखुरा पालन ब्याबसायमा घाटा भएको छ । अर्को प्रमुख कुरा भनेको दाना को गुणस्तर नजाची बरु बिभिन्न भिटामिन तथा अन्य खनिज किनेर खुवाइ खर्च माथी खर्च बढाईन्छ । त्यसैले यदी तपाईले कुखुरानै पालेर फाईदा लिन खोज्नु भएको छ भने सबै भन्दा पहिला दाना कम्पनी सङ्ग एफ सि आर को ग्यारेन्टी माग्नुस्, दानाको गुणस्तर चेक गराउनुस ।

गुणस्तरिय दाना र चल्ला छ भने तपाईले ३-४ वटा भ्याक्सिन लगाए पछी ३२ दिन मा कुखुराको तौल २.२ केजी हुन्छ । अब दाना नै गुणस्तरहिन छ भने तपाईले भिटामिन, एमिनो एसिड्, ग्रोथ प्रमोटर,ट्क्सिन बाइन्डर्, लिभर टोनिक्, गाउट , जे जे खुवाएपनी बढदैन । खाली तपाईको अरु खर्च मात्र बड्छ, त्यसैले कुखुरालाई कुनै रोग नलाग्दा पनि कुखुरा बढदैन भने सिधै दानाको गुणस्तरको बारेमा  प्रश्न उठाऔ । क्षतिपुर्ती मागौ । आफ्नो बुद्दिलाई धिक्करेर वा औषधी पसलेको सडेको भिटामिन किनेर मुर्ख नबनौ । त्यती धेरै महङ्गो दाना जस्को मुल्य मान्चेले खाने बास्मती चामल भन्दा पनि महँगो छ त्यस्को गुणस्तर को बारेमा सोध खोज गर्नु तपाईको जिम्मेवारी हो । त्यसैले एफ सि आर अर्थात दानाको गुणस्तर को बारेमा जागरुक बनौ ।

याद राखौ, यदी ३२ दिनमा ३-३ ।५केजी दाना खाई सक्दा पनि तपाईको कुखुरा २,२ केजी भएको छैन तपाई सिधै घाटामा जानु भयो । दानाको गुणस्तर एफ सि आर को बारेमा दाना कम्पनी डिलर सङ्ग छलफल गरी चाहिएको गुण्स्तर माग गर्न अब पनि सक्नु हुन्न भने या त सिधै ठगिनुस वा यो पेसा  छोडिदिनुहोस । ।