कसरी लुटिरहेका छन दाना कम्पनी हरुले ब्रोइलर कुखुरा पालक किसानहरुलाई ?

कुखुरा पाल्ने किसानहरुले जहिले पनि कुखुरा कसरी ठुलो बनाउने ? छिट्टै कसरी साढे दुई केजिको बनाउने भनेर सधै सोधेको,फेस बुकमा छलफल भएको त तपाईहरुले देख्नु नै भएको होला ?  तपाई सोच्नु हुन्छ्, किन कुखुरा बढ्दैन त ? ब्याबस्थापन मा के कम्जोरी भयो होला त ? या कुन भिटामिन खुवाउनु पर्ला ?  तर तपाईले दानाको गुणस्तरको बारेमा कहिले सोच्नु हुन्न । दानाको गुणस्तर जाच्न जानु त परै जावोस तपाई दानामा सङ्का सम्म गर्नु हुन्न । तपाई बरु औसधी पसलमा सोध्न जानु हुन्छ जस्ले तपाईको ब्याबस्थापनलाई दोष लगाई  तपाई लाई हजारौको भिटामिन , मिनरल , ट्क्सिन बाईन्डर र एमिनो एसिड थमाउछ ।

त्यसैले पहिला तपाईलाई थाहा हुनु पर्‍यो कि गुणस्तरिय दानामा के के तत्त्व्हरु कती कती मात्रामा हुनु पर्छ त ? किनकी यदी कुखुरा लाई समयमै सबै खोप लगाई स्वास्थ छ्न भने तपाईको कुखुरालाई दाना बाहेक अरु केहि जरुरत हुँदैन । भिटामिन्, मिनरल्, खनिज्, प्रोटिन्, फ्याट्, एमिनो  एसिड्, टक्सिन बाईन्डर्, लिभर टोनिक,ईम्युन बुस्टर तथा बिभिन औषधीहरु दानामा सही मात्रामा मिसाईएको दानालाई गुण्स्तरिय दाना भनिन्छ जुन दाना खुवाए पछी तपाईलाई एक पैसाको अरु सामान किनेर खुवाउनु पर्दैन ।


आउनुहोस साधाराण तय दानामा के के हुनु पर्छ त ? त्यो पढौ र नेपाली दानामा के के तत्व हरु कती कती देखियो त ल्याबमा जचाउदा ? त्यो पनि हेरौ ।


NutrientsUnitsStarter0-10 daysGrower11-24 daysFinisher>25 days
Protein%22-2521-2319-21
Metabolisable energyMj/Kg12.6013.3013.50
Kcal/kg301031753225
Total Arginine%1.481.311.11
Digestible Arginine%1.331.181.00
Total Lysine%1.441.251.05
Digestible Lysine%1.271.100.92
Total Methionine%0.510.450.39
Digestible Methionine%0.470.420.36
Total Methionine +Cystine%1.090.970.83
Digestible Methionine +Cystine%0.940.840.72
Total Threonine%0.930.820.71
Digestible Threonine%0.800.700.61
Total Trypophan%0.250.220.19
Digestible Tryptophan%0.220.190.17
Total Valine%1.090.960.81
Digestible Valine%0.940.830.70
Calcium%1.00.900.85
Av.phosphorous%0.500.450.42
Sodium%0.160.160.1




तर नेपाली दाना ल्याब मा जचाउदा भिटामिन मिनरल तथा औषधी हुनु त परै जावोस त्यसमा हुनुपर्ने मुख्य मुख्य तत्व पनि कमी वा अत्याधिक धेरै देखियो । आउनुहोस हेरौ नेपाली दानाहरुमा के के तत्वहरु रहेछन त कसरी त्यती महङ्गो दानामा खाली ढुङ्गा मुढा मात्र भरेर पठाईएको रहेछ त हेरौ । 

माथिको ल्याबको रिपोर्ट हेर्नुस, जहाँ फ्याट ४ प्रतिशत हुनुपर्नेमा ६ प्रतिशत देखिएको छ । र कुखुराको बृद्दी हुन, खाएको पच्न, रोग बिरुद्द लड्न चाहिने तत्वहरु  Arginine,Lysine, Methionine,Threonine, Valine आदी छँदै छैनन । अनि त्यसमा हुनै पर्ने ३-४ औषधी हरु पनि छैनन । भिटामिन पनि छैन । 
त्यसैले ब्रोइलर कुखुरा पालन ब्याबसय घाटामा जानुको प्रमुख कारण भनेकै दानाको गुणस्तर नहुनाले हो । गुणस्तरको कुरा छोडौ ५० प्रतिशत पोशक तत्वनै दानामा नहुनाले धेरै दिन सम्म कुखुरा पाल्नु पर्ने, भिटामिन औषधी मा धेरै खर्च हुने हुनाले घाटामा जानु स्वभाबिकै हो । तसर्थ कुखुरा पालन गर्दै हुनुहुन्छ भने दानाको गुणस्तर जाच गराऔ । गुणस्तर जाच गर्दा पनि दाना आफ्नै हो भनी जाच गराउनु होसा नत्र गुण्स्तर ल्याब लाई पनि दाना कम्पनिले किनी सकेका छन र तपाईलाई राम्रो रिपोर्ट मात्रै बनाएर पठाईदिन्छन ।