कुखुरा पाल्नेले नै पाउनु पर्ने होईन र क्षतिपुर्ती ?


भक्तपुर ताथलिमा रहेको एक जना नयाँ किसानको ३००० कुखुरा लकडाउन सुरु हुनु भन्दा एक दुई दिन अगाडी नै बेच्नलाईइ ठिक्क भएको थियो र दाना सप्लाएर ले पनि उठाउला भन्दै आनाकानी गर्दै थियो तर पनि ति किसान भने चल्ला दाना ल्याउनु पुर्ब को सर्त बमोजिम नै दाना वालाले नै कुखुरा उठाईदिनेमा ढुक्क थिए । एक्कासी लकडाउनको घोषणा पछी ति किसान आत्तिदै दाना कम्पनिमा फोन गरे तब उनि झसङ्ग भए किनकी दाना कम्पनी र तीनका सन्चालक हरुले आफ्नो फोन बन्द गरेर बसेका रहेछन । अथक प्रायस पछी २-३ मा दाना कारखाना सन्चालक को फोल उठ्यो र ति किसान ले कुखुरा छिट्टो उठाउन भने नभए दाना भने पनि पठाउन भने तर ति सन्चालक ले ज्यान रहे बाकी सबै पछी हेरौला भनेर अहिले दाना पनि पठाउन नसक्ने र कुखुरा पनि उठाउन नसक्ने बताए । त्यसपछी ति किसान ले न त अन्तबाट दाना ल्याउन सके न त कुखुरा नै कसैलाई बेच्न सके । ७ दिन पछी कुखुरा खोरैमा मर्न लागे पछी  उनले अलि अलि चिनेको बुङ्गुर फार्म मा कुखुरा  दिए र बाकी २५ हजार रुपया खर्च गरेर डोजर लगाई खाडल खानेर पुरे ।

 नेपालकै ठुला सहर काठमाण्डौ भक्तपुर मा त कुखुरा पाल्ने किसानहरुको यो हबिगत छ भने गाउमा कुखुरा पाल्नेहरुको के हाल भयो होला ? त्यो त कसैलाई भनिरहन  नपर्ला । कसैले  स्थानिय अनाज हाल्ने, कसैले हरियो सब्जी दिने ब्यार्थको प्रायसको बाबजुद पनि लामो लकडाउन ले गर्दा देशै भरिका सबै किसानहरुको कुखुरा खाडलमै पुरियो ।  सोझा साझा किसानलाई लकडाउनले गर्दा पास नभएर दाना कुखुरा को  ब्याबस्थापन गर्न सकिएन भनियो तर त्यही मौका छोपेर दाना ब्याबसायी हरुले ईन्डिया बाट दानाको कच्चा पदर्थ र अण्डा भित्र्याई रहेका छन । 

सरकारले नै कुखुरा तथा दाना ढुवानिमा लकडाउनले कुनै असर नपर्ने लिखित सुचना नै निकाले पनि यि  दाना ब्याबसायी र डिलरले किसान लाई दाना दिएनन नत कुखुरानै उठाए । किनकी  किसान लाई डुबाएर क्षतिपुर्ती चाही यिनिहरु आफु कुम्ल्याउने दाउमा थिए । त्यसैले यो दाना ब्याबसायी र ह्याचरी सङ्घ मिली सरकार सङ्ग क्षतिपुर्तिको माग गरी सके । यो सरकार पनि त्यही बिचौलिया र दलालले टिकाएको सरकार भएकोले यो लकडाउनले गर्दा भएको किसानको क्षतिपुर्ती दाना र चल्ला ह्याचरिलाई दिने छाटकाट देखाउदै छ । त्यसैले  कुखुरा पालक किसान सङ्घ सबै मिलेर बेलामानै सरकारको ध्यानाकर्षण गर्न नसके यो किसानको क्षतिपुर्ती पनि दलाल हरुलेनै कुम्ल्याउने पक्का छ । त्यसैले सबै किसानहरु पनि एकजुटा भई आवाज उठाऔ । कुखुरा पालाक  किसानको कुखुरा क्षती हुँदा क्षतिपुर्ती पनि किसानले नै पाउनु पर्ने होईन र ?