कोरोना महामारी को प्रभाब किन कुखुरा पालन ब्याबसायमा मात्रै ? ?


के तपाईले कुनै ब्यापारिको दाल चामल तेल बिक्री नभएर सस्तोमा बेचेको ,खाडलमा पुरेको, वा बुङ्गुरलाई खुवाएको सुन्नु भएको छ ? बजारमा रहेका हजारौ खाद्य बस्तु तथा उपभोज्ञ बस्तु हरुलाई कहिलेपनी  कुनै पनि सङ्कट र महामारिले किन छुदैन ? जब कि अत्याबस्यक बस्तुहरुमा फलफुल तरकारी दाना, दुध्, तथा मासु पनि रहेको र त्यसको ढुवानिमा कुनै रोकावट नरहेको जानकारी गराई बिभिन्न बिज्ञप्तिहरु सरकारले निकाल्दा निकाल्दै पनि किन तरकारि, दुध्, अन्डा, दाना र कुखुराको ढुवानी रोकिएका छन ? किन बिभिन्न कुराको असर खाली कृषी क्षेत्रमा मात्रै पर्छ ?

किनकी सरकार देखी बिचौलिया दलालहरु नेपाली किसान मारेर भारतिय सस्तो बिषादियुक्त दुध तरकारी र मासु नेपाली जनातालाई खुवाई धेरै भन्दा धेरै कमिसन र नाफा खान चाहान्छन ।  जसरी बिधुत प्राधिकरणमा दलालहरुले ईन्डिएन तेल्, ईन्भर्टर्, जेनेटर्, ब्याट्री सप्लाएर सङ्ग कमिसन खाई सदियौ नेपाली हरुलाई अध्यारोमा राखेका थिए त्यसरी नै नेपाली बिचौलिया, दलाल र सरकारमा रहेका ब्याक्तिहरुले नेपाली किसानका उत्पादनहरुलाई थुनछेक गरी बजार सम्म जान नदिने, उत्पादन खर्च भन्दा पनि कम बजार मुल्य तोकिदिने, समयमा बजार पुग्न नदिई सडाईदिने वा फाल्न , गाड्न बाध्य बनाई दिने गरी नेपाली किसानलाई निरुत्साहित र भारतिय उत्पादन लाई उत्साहित गर्दै आएका छन । 

अब आउछ नेपालको पोल्ट्री ब्याबसायनै किन महामारिको चपेटामा पारियो त ? सरकारले दाना ढुवानि, कुखुरा ढुवानिमा प्रतिबन्ध नलगाउदा पनि किसान लाई दाना उपलब्ध गरिएन ? किन कृषकको कुखुरा बिक्री भएनन ? किन कुखुरा खाडलमा गाड्नु पर्‍यो ? के कुखुरा गाडेको निउमा सरकारले करोडौ क्षेतिपुर्ती दिने भएर त्यस्तो नाटक गरिएको हो त भनौ भने अहिले सम्म कुनै पनि साना कुखुरा पालक किसानको गणना लगानी तथा अरु तथ्याङ्क पनि नभएको सरकारले यदी राहात वा क्षेतिपुर्ती दियो भने ति साना किसानको हातमा पर्ला त ?  अझ बिभिन्न महमरी तथा सङ्कट दुर्घटना मा क्षेतिपुर्ती त परै जावोस ईन्सुरेन्स सम्म नहुने नपाउने किसान हरुले किन कुखुरा  खाडलमा पुरी नस्ट गरेका हुन त ? के किसानहरु बहुलाएका हुन त ?  होईन त्यो पक्कै एउटा बाध्यता हो जुन नेपाली कुखुरे दलाल हरुले शृजना गरेका हुन जस बाट उम्कन कसैले सक्दैन र दिदैनन पनि । महमारिको सुरुवात सङ्गै  दाना दिने ,कुखुरा उठाउने दाना कारखानाहरु र डिलर हरुले सरकारको सुचनाको अबज्ञा गर्दै किसानहरुलाई दाना दिना बन्द गरे, त्यसपछी हुने किसानले आफ्नै बलबुतोमा डबल पैसा तिरेर भने पनि दलालहरुबाट दाना किनी २-४ दिन कुखुरा बचाए जस्को कुनै सामर्थ्य थिएन ति किसानहरुको कुखुरा दुई चार दिन खान नपाए पछी खोरमै मर्न थाले मरे, मरेको कुखुरा ले रोग ल्याउने , दुर्गन्ध फैलाउने डरले किसान ले नै घन्टाको २० हजार तिरेर डोजर बोलाई खाडल खनी कुखुरा पुरे । जस्को कुखुरा बेच्न लाएक थियो त्यो कुखुरा पनि उठाईएन्,सके सम्म कसैले २५ रुपया गोटा बेक्री गरे कसैले बुङ्गुर पालक किसान लाई दिए  मासु ब्यापारी हरुले पनि गोटाको हिसाबले कती कुखुरा किनेर मासु बिक्री गरे  तर किसान भने चुर्लुम्मै डुबे । 

सबै ब्याबसाय धुर्मुराएरै चलिरको भए पनि ब्रोईलर  लेयर्स कुखुरा पालक किसान चाही पुरै डुब्नुमा यो कुखुरा ब्याबसायी सङ्घ दाना ब्याबसायी र कुखुरे बिचौलिया र दलाल हरु जिम्मेवार छ्न । यिनिहरुलेनै सरकारको सुचनलाई अबज्ञा गर्दै किसानलाई दाना नदिई कुखुरा नउठाई किसानलाई कुखुरा मार्न बाध्य बनाए । भारतिय सस्तो कुखुरा भित्र्याई धेरै नाफा र कमिसन खानको लागी यि दलाल हरुलाई यो कोरोना महामारी स्वर्णिम काल बन्यो अब ९५ प्रतिशत साना किसानहरु उठन सक्ने हालतमा छैनन ।

अब आउँदा दिनहरुमा नेपालमा ब्रोईलर कुखुराको अभाब देखाइ यि दलालहरु ईन्डिएन कुखुरा १०० रुपयामा ल्याई नेपालामा ५००-६०० मा बेची अरबपती हुने सपना देख्दै छ्न भने किसान भने आफ्नो भाज्ञ र कोरोना महामारिलाई सराप्दै बस्दै छन । सरकार बाट क्षेतिपुर्ती पाउने आसा नगरे पनि सबै साना किसान हरु मिलेर यो महामारिमा दाना नपाएर र कुखुरा नउठाएर भएको क्षति दाना डिलर वा दाना दिने कुखुरा लिने भन्नेहरुलेनै गर्दा नै भएकोले यो अबधी भरिमा भएको क्षती उनिहरुलेनै बेहर्नु पर्ने निस्कर्ष निकालिएको छ ।