आलुको भाउ बाराबर हुनेछ ब्रोइलर कुखुराको मुल्य लकडाउन सकियपछी एकबर्ष सम्म ।


लकडाउनले हरेक ब्याक्ति तथा राज्यको पुरा अर्थनितिनै डामाडोल भई सकेको  कुरा त सबैलाई थाहै भएको होला । तर पनि सरकारको ध्यान राज्यको अर्थतन्त्र नगएको, कुनै राम्रो अर्थतन्त्र नभएको र अरुको दानमा टिकेको अर्थतन्त्रमा हुनाले खासै अर्थतन्त्र धारापमा गएको कुरा कसैले बताई रहेका छैनन । खासमा भिखारी लाई आफ्नो भन्दा अर्काको अर्थतन्त्रमा चिन्ता हुन्छ हो त्यही भएको मात्र हो हाम्रो देशमा नत्र देशको अर्थतन्त्र यसरि भासिएको छ कि अब उठ्न दशौ बर्ष लाग्छ ।

जसरी कोरोना महमारी भन्दा पहिला बिदेश बाट लाखौ लाख नेपालिले पैसा पठाएर नेपाल धानेको थिए अर्थात जसरि रेमिट्यान्सले देश धानेको थियो अब त्यो स्थिती छैन अब । जसरि लाखौ नेपालिले आफ्नै देशमा मजदुरी गरी पैसा कमाई रहेका थिए त्यो अवस्था फेरी शृजना हुन पनि बर्षौ लाग्ने छ । अनि देशका जुन साना ब्याबसाय उधोग धन्दा सामान्य स्थितिमा आउन पनि बर्षौ लाग्ने छ । मान्छेहरुलाई खानको लागी लुट्पाट्, चोरी हत्या गर्नु पर्ने स्थिती आइसक्यो, मान्छे हरु आत्महत्या गर्न थालिसके ।

त्यसैले मान्छे के खाएर बाच्ने भन्ने स्थितिमा  वा एक छाक खाएर बाच्नु पर्ने स्थितिमा  माछा मासु खाने कुरा त धेरै टाढा को भयो । मान्छेले माछा मासु नखाय पछी मासु बिक्ने कुरै भएन । मासु नबिके पछी मासुको मुल्य त कम हुने नै भयो । मासुको मुल्य कम भए पछी जिउदो कुखुराको मुल्य आलुको भाउ भन्दा पनि कम हुने सम्भावना छ । एक त खाने मान्छे सङ्गा पैसा छैन अर्को दलाल हरुले  लकडाउन पछी कुखुराको मासु हाहाकार हुन्छ भनेर हल्ला फैलाएको ले तपाईकोले कुखुरा पाल्नेको भिड छ । अब सामान्य अवस्थामा अर्थात कोरोनाको महमारी अगाडी त जिउदो
कुखुराको मुल्य १२० रुपया थियो भने अब लकडाउन पछी कुखुराको मुल्य ८० रुपया सम्म हुने सम्भाबन छ ।

यो त भयो भोलिको यथार्थ कुरा । अब मिडियामा किन भोली लकडाउन पछी कुखुराको मासु हाहाकार हुन्छ भन्ने समाचार आएको छ त ? किनकी दाना चल्ला  तथा डिलरले जसरि पहिला लुटिरहेका थिए त्यसरि लुट्न पाई रहेका छैनन । यिनिहरु चाहान्छन धेरै भन्दा धेरै ले कुखुरा पालुन्, उनिहरुको दाना चल्ला धेरै भन्दा धेरै दाना बिकोस भन्नाको खातिर नै त्यस्ता हल्ला मिडियालाई पैसा खुवाएर गरिन्छ । त्यसमा कुनै सत्यता छैन । यदी त्यसो हो भने २५० रुपया प्रती  केजी जिउदो कुखुराको मुल्यमा कन्ट्र्याक्ट गरौ म नै  ५ लाख कुखुरा पाल्ने किसान जुटाउछु । छ कोही यो सर्त स्विकार गर्ने छैन । किनकी यि दलाल हरुलाई दाना चाल्ला बेच्न मात्र  छ किसान को फाईदामा कुनै इन्ट्रेस्ट नै छैन ।

त्यसैले किन लकडाउन पछी कुखुराको मुल्य आलुको भाउ बाराबर हुनेछ त हेरौ पढौ, बुझौ अनि बल्ल कुखुरा पालन गर्न अगाडी तम्सिऔ ।

कुखुराको मुल्य आलुको भाउ बाराबर हुन्छ किन ? किनकि

१, ९९प्रतिशत बिदेसियका नेपाली नेपाल फर्किसके त्यसैले जस्को कमाईमा मासु भात खाने समुह थियो त्यो अब त्यो स्थितिमा पुग्न सालौ लाग्ने छ ।
२, बिदेशमा गएका नेपालिले पठाएको रेमिट्यान्सको फाईदाले जस्ले मासु भात खाएका थिए अब त्यो स्थिती छैन । किनकी ९९ प्रतिशत नेपाली फर्की सके ।
३ उधोगधन्दा साना कारखाना  सबै धसिई सके त्यसमा काम गर्ने मज्दुर देखी बिभिन्न पक्षहरु अब दालभात खाने स्थितिमा छैनन र स्थिती सुधार हुन सालौ लाग्ने छ ।
४, कर्जामा धेरै मान्छे हरु डुबेका छन जस्को कारणले मान्छेको खानपानमा पनि आमुल परिवर्तन आउने छ ।
५, नेपाल भित्रै ज्याला मजदुरी गरी खानेहरु जस्ले २५ प्रतिशत मासु ब्याबसायको बिकृमा हिस्सा लिएका थिए तो सिधै सुन्यमा झरेको छ जुन त्यही स्थितिमा पुग्न बर्षौ लाग्नेछ ।
५ अब आउने बर्ष भरिनै होटल्, रेस्टुरेन्ट गएर खाने मान्छेको प्र्तिशत घटेर ३० प्रतिशत भन्दा पनि कम हुने छ,त्यसैले होटल ब्याबसायिले ७५ प्रतिशत भन्दा कम मासु किन्ने छन त्यसले पनि मासु बिकृमा कम हुने छ र त्यस्ले मासु ब्याबसायलाई धेरै फरक पर्ने छ,
७, कारीब ७५ प्रतिशत नेपालिहरु नेपालिहरुलाई अब आउने समय खाद्यान्न किन्न पनि धौ धौ हुने छ अनि खानै नपाएका मान्छेले  मासु ब्यापार ब्याबसायमा कन्टृब्युट गर्ने सम्भावना धेरै कम छ,
८ जो बचेका ४-५ प्रतिशत नेपालका धनी बर्ग छ त्यसले पनि आफ्नो स्वास्थ र  कोरोनाको डरले अनि बजारको हल्लाले नेपाली बजारको मासु खाने सम्भावना छैन । खाइ हाले पनि अन्तरास्टृय बजार बाट किनेर खादै छन ।
१०, अबको बर्ष भनेको ९५ प्रतिशत नेपाली लाई कसरी बिहान बेलुका दाल भात जुटाउने भन्ने समस्याले  घेर्ने छ र तीनको यो मासु बिकृमा धेरै कम सहभागिता हुनेछ अर्थात मासु किन्ने मान्छे ९५ प्रतिशत सम्म कम हुने छ त्य पनि बर्षौ बर्ष ।

त्यसैले माथिका कारण हरुले मासु बिकृमा धेरै कमी हुने छ अनि मासुको भाउ पनि धेरै घट्ने छ जस्को सिधा असर उत्पादक किसान हरुलाई पर्ने छ । सबैले देखेकै हो अहिले सम्म मर्ने भनेको किसान नै हो त्यसैले दलालको हल्लामा लाग्नु भन्दा राम्रो सङ्ग समयको आकल गरेर कुखुरा पाल्दा फेरै ८० रुपयामा कुखुरा बेचेर टाउको समाउनु पर्ने छैन । धन्यबाद ।