मासुलाई लामो समयसम्म सुरक्षित कसरी राख्ने?

we are AC closed meat mart with hygienic meat from our own shuttering house. Our meat preserve in cold , clean and closed environment and handling also very neat and clean . Contact us for all hygienic meat product of chicken, mutton, and other. Himalayan Meat Mart Bhaktapur. We deliver for you in your doorstep in free of cost. For more detail visit our site http://himalayanmeat.blogspot.com

पशुपंक्षी काटछाट गरी तीनका शरीरबाट मानिसलाई खान हुने तन्तुलाई मासु भनिन्छ । तर यसरी तयार गरिएको मासु कि त उचित तरिकाले नपकाईएमा वा बेलैमा उचित संचयको व्यवस्था नगरिएमा मासु बिग्रन सक्छ । अनी मासु अस्वादिलो मात्र हैन, विषाक्त पनि हुनसक्छ अनि विरामी पनि पर्न सकिन्छ । मासु हामीले नचाहँदा नचाहँदै पनि जिवाणु विषाणु तथा संक्रमण अनि तीनको मासुजन्य तन्तुमा हुने गतिविधिले मासु कुहिन सक्छ, जसका कारण मासु विग्रने गर्छ । यस्ता जिवाणु विषाणु यात बध पशुवाट आउन सक्छ, अथवा मासु बध र काटछाट कार्यमा संलग्न व्यक्तिबाट पनि हुन सक्छ वा बध गर्न प्रयोग गरिने पानी, अचानो, औजारबाट पनि सर्न सक्छ । भनिन्छ मासुलाई लामो समयसम्म सुरक्षित रुपमा संचय गर्न सकिन्छ तर अनन्तकाल सम्मका लागि भने हैन् 

मासुमा हुन सक्ने संक्रमणः
मासु विगार्न सक्ने जिवाणु, विषाणु, बध गरिने पशु जीवित हुँदै पनि हुन सक्छन पशु हेर्दा स्वस्थ्य देखिए पनि, सुसुप्त अवस्थाको संक्रमण रहेछन वा वध गर्ने स्थलको सरसफाईको अवस्था, वध गर्ने कार्यमा संलग्न व्यतmीको स्वास्थ्य एवं व्यतmीगत सरसफाईको अवस्था सरसफाईमा प्रयोग हुने दुषित फोहोर पानी तथा वध गर्न तथा मासु काट छाट गर्न प्रयोग गरीने सामाग्री र औजारबाट पनि मासुमा प्रदूषण गराउन सक्छन् । एनथ्राक्स, क्षय रोग, व्रुसेलोसीस, सालमोनेलोसीस, लीष्ट्रीयोसीस, ट्राइकोनोसीस, टिनीएसीस, नाम्ले रोग, यी रोगबाट पशुबाट उत्पादित मासुको प्रयोग गर्नाले मानिसमा सर्न सक्छ । यस्ता रोगी पशुहरु सकभर वध अधिनै गरीने जांचबाट निषेध गरीनुे पर्छ ताकी यीनका मासु मानिसको खाद्यय श्रृंखलामा नपरुन । यती गर्दा पनि वध गर्दा हुन सक्ने मासुमा प्रदुषणबाट हाम्रो जस्तो मुलुकको परिवेषमा भने वच्न गाह्रो छ ।
मासु सुरक्षित राख्ने उपाय:
क) चिस्याउने ख) पकाउने ग) जल विग्रहीकरण घ) रसायनको प्रयोग ङ)अम्ल्याउने च) विकिरण गर्ने
चिस्याएर राखेको मासु कति दिन सुरक्षित हुन्छ ?
रांँगाको मासु १२ महिना बंगुर बदेलको मासु ६ महिना खसी,बोका,भेडा च्याङग्राको मासु ६ देखि ९ महिना कुखुराको मासु ३ देखि ६ महिना सम्म राख्न सकिन्छ ।

Comments