खसिको मासु ग्रेभी बनाउने
खसिको मासु
चाहिने सामाग्री
१ किलो ग्राम खसीको मासु टुक्रा पारेको, १ सय ५० मिलिलिटर तेल, २ सय पचास ग्राम प्याजलाई मसिनो पारेको, ३० ग्राम ल्वाङ्ग, सुकमेल, दालचिनी र तेजपत्ता, २ सानो चम्चा जीराको धुलो, २ सानो चम्चा मीट मसला, १ सानो चम्चा गरम मसला, नून स्वाद अनुसार, २ ठूलो चम्चा हरियो धनियाँ मसिनो काटेको ।
बनाउने तरिकाः
पहिला प्रेसर कुकरमा तेल तताउने, त्यसमा ल्वाङ्ग, सुकमेल, दालचिनी र तेजपत्ता फुराउने, त्यसपछि प्याज हालि भुट्ने र त्यसमा गोलभेडा हालेर फेरी २ मिनेट जति भुट्ने । सबै मसला हालि चलाउने र मासु हालेर सानो आँचमा ३ या ४ मिनेट जति चलाउदै पकाउने । त्यसमा अदुवा लसुन हालि राम्रोसँग चलाउने, त्यसपछि १ कप जति पानी हालि कुकरको ढकनी लगाएर २ सिठी लाग्न दिने । बिर्को निकालेर एकछिन सानो आगोमा चलाएर राख्ने ।
लेदो भएपछि काटेको हरियो धनियाँ हालि चलाएर निकाल्ने अनि सर्भिस डिसमा राखेर सर्भ गर्ने ।
Comments