कुखुराको मासुबाट नयाँ परिकार बनाउने तरिका
आज हामी एक जना सेफको सहयोग मार्फत तँपाईलाई कुखुराको मासुबाट यो परिकार पकाउन सिकाउने प्रयास गर्दैछौँ।
तयार गर्ने अवधिः ३० मिनेटपकाउने अवधिः ३० मिनेट
आवश्यक सामग्रीःसाना टुक्रामा काटिएको हडिड् नभएको ११५ ग्राम कुखुराको फलमासु २ चम्चा सोय सस आधा स्लाइस कागती (रस)२ पाउण्ड मटनको कलेजो ५ चम्चा ओलिभ ओइल २ पिस आलु (चौथाइ काटेको) १ पिस प्याज (चप गरिएको) लसुन २ पोटी (पिसेको) २ पिस ठूला टमाटर (मसिनो पारेर काटेको ) एउटा हरियो भेडे खुर्सानी (टुक्र्याइएको) नुन र मरिच (स्वाद अनुरुपको मात्रा लिने)
पकाउने विधि
१. सर्वप्रथम सम्पूर्ण पूर्वतयारी गरिसक्ने।
२. त्यसपछि सबै सामग्री र उपकरण तयार पार्ने।
३. चिकेनलाई ठूलो भाँडामा राखेर त्यसलाई छोप्ने गरी प्रशस्त पानी हाल्ने।
४. सोय सस र कागतीको रस उक्त पानीमा मिसाएर चलाउने।
५. यसलाई ५ मिनेटसम्म उमाल्ने र चिकेनलाई निकालेर पानीमा राख्ने।
६. भाँडामा पुन ताजा पानी भरेर चिकेन कलेजोलाई
५ मिनेट उमाल्ने।
७. अनि कलेजोलाई सेलाउन दिएर खान मिल्ने ससाना टुक्रा पार्ने।
८. ३ चम्चा ओलिभ ओइललाई मन्द आँचमा बसालेको तावामा तताउने र आलुलाई रातो हुने गरी ७ देखि १० मिनेटसम्म फ्राइ गर्ने।
९. पेपर टावल बिछ्याइएको प्लेटमा आलुलाई खन्याउने।
१०. अझ २ चम्चा ओलिभ ओइललाई तावामा तताउने अनि बास्ना नआउञ्जेल २ देखि ५ मिनेटसम्म लसुन र प्याज फुराउने।
११. त्यसमा हड्डीरहित चिकेन तथा कलेजो हाल्ने र छोपेर ५ मिनेटसम्म पकाउने। त्यसमा टमाटर थपेर चलाउँदै ५ मिनेट पकाउने।
१२. आलु र भेडे खुर्सानी पनि तावामा थपेर नुन र मरिचले छर्केर अर्को ५ मिनेट पकाउने।त्यसपछि यसरी पकाइएको भएको चिकेज अफ्रिटाडा खानलाई तयार हुन्छ।
Comments