फ्री मा बिज्ञापन दिन मिल्ने नेपालका प्रमुख बिज्ञापन वेवसाईटहरु जहाँ तपाई सित्तैमा आफ्नो बिज्ञापन राख्न सक्नु हुन्छ ।

नेपालामा पनि धेरै वेवसाईट बन्न थाले सङ्गै क्लासिफाईड बिज्ञापन दिन मिल्ने धेरै वेवसाईटहरु देखिन थालेका छन । तर पनि टिकाउ साईटहरु भने कमै छन । धेरै साईटहरु १-२ बर्षमै बन्द हुने र नयाँ साईटहरु आउने प्रकृया चलिरहेको छ ।त्यसैले धेरै नेपाली तथा बिदेशी ब्लगर हरुले लेखेको वा लिस्ट बनाएको नेपाली क्लासिफाईड एड साईटहरु या त बन्द भईसके या काम नलाग्ने खालका छन । कुनै साईटमा रजिस्ट्रेसन को समस्या कुनै साईटमा पब्लिसिङ्ग को समस्या भएका धेरै साईटहरु गुगल सर्च गर्दा पनि आई रहन्छन जस्ले तपाईको समय मात्रै बर्बाद गर्छ तर काम बन्दैन ।

त्यसैले आज मैले तपाईहरुलाई बिज्ञापन टेस्ट गरेरै मैले केहि साईट हरुको बारेमा यहाँ उल्लेख गर्न गईरहेको छु जुन आज को दिन सम्म राम्रो सङ्ग काम गरिरहेका छन । पछी केहि बदलाव आएमा जानकारी गराउने बाचा सहित आउनुहोस हेरौ सित्तैमा बिज्ञापन गर्न मिल्ले नेपाली बर्गिकृत बिज्ञापन वेवसाइठरु ।


http://himalayanmeat.comh

१, हाम्रो बजार् डट कम
यो साईट लाई नचिन्ने सायद कोही नहोला किनकी यो साईट काफी पुरानो भरपर्दो र धेरै मान्चेहरुले प्रयोग गर्ने बर्गिकृत बिज्ञापन साईट हो । यो साइटले लगभग सबै बर्ग वा क्याटागोरी लाई समेटेको छ । तपाई यो साईटमा किन्ने बेच्ने, देखी सेवा सुबिधा  वा चाहियो पाईयो सम्मको बिज्ञापन राख्न सक्नु हुन्छ त्यो पनि सित्तैमा । त्यसको लागी तपाईले आफ्नो ईमेल र मोबाईल नम्बर राखेर आफ्नो खाता वा एकाउन्ट खोलेर चाहेजती बिज्ञापन राख्न सक्नु हुनेछ । गुगल र्|याङ्किङमा पनि यो साईट अगाडी रहेको हुनाले तपाईको बिज्ञापन धेरै जनाले हेर्ने वा देख्ने सम्भावना रहन्छ ।हाम्रो बजार को वेब साईटमा जान तपाईले आफ्नो ब्राउजरमा  https://hamrobazaar.com लेखेर इन्टर गर्नु पर्छ नभए यही क्लिक गरेर हाम्रो बजार साईट्मा सिधै जान सक्नु हुन्छ ।


 https://saradeal.com

२, सारा डिल डट कम्
यो साईटको सबै भन्दा राम्रो पक्ष भनेको तपाई आफ्नो बिज्ञापनलाई फिचर एड अर्थात स्लाईड मा पनि राख्नु सक्नु हुन्छ । बिज्ञापन सम्बन्धी युट्युब भिडियो, लामो डिस्कृप्सन, धेरै मेटाट्याग किवोर्ड राख्न तथा ठुला ठुला फोटो राख्न सक्ने यो साईट्को  बिशेषता हो । यो साईटमा पनि तपाईले आफ्नो ईमेल र मोबाईल नम्बर राखेर आफ्नो खाता वा एकाउन्ट खोलेर चाहेजती बिज्ञापन राख्न सक्नु हुनेछ ।यो साईटको बिज्ञापन लाई समयको कुनै सिमा तोकिएको हुँदैन त्यसैले तपाईको बिज्ञापन सधै यो साईटमा रहेने छ । यो साईट एन्ड्रोइड एप्लिकेसन मा पनि पाईन्छ । त्यसैले मोबाईल बाट पनि तपाई यस्मा बिज्ञापन प्रकासन गर्न सक्नु हुन्छ । यो साईटमा जान तपाईलाई पहिला आफ्नो ब्राउजर मा  https://saradeal.com   लेखेर इन्टर गर्नु पर्छ त्यस पछी आफ्नो एकाउन्ट खोलेर आफुले चाहेको बर्गमा आफ्नो बिज्ञापन प्रकासन गर्न सक्नु हुनेछ,

https://www.biskoon.com/

३, बिस्कुन डट कम
यो साईटमा पनि तपाईले आफ्नो एकाउन्ट खोलेर आफ्नो बिज्ञापन राख्न सक्नु हुन्छ । तपाईले आफ्नो बिज्ञापन राखे पछी तपाईको बिज्ञापन हेरेर साईटले केहि समयमै एप्रुभ गरिदिन्छ । यो साईट्मा जान तपाईले आफ्नो ईन्टरनेट ब्राउजर हरु जस्तै गुगल क्रोम मा गएर  https://www.biskoon.com/  लेख्नु पर्ने छ र इन्टर गरे पछी यो साईटमा आफ्नो एकाउट रजिस्टर गरेर आफ्नो बिज्ञापन राख्न सक्नु हुनेछ ।

online advertising site list

४, सेल एण्ड गेट डट कम्
यो साईटमा पनी तपाई आफ्नो बिज्ञापन सित्तैमा राख्न सक्नुहुनेछ । बिज्ञापन राख्न पनि तपाईलाई कुनै रोक तोक नभएकोले तपाई ठुलो तस्बिर लामो डिस्कृप्सन अनि अरु डिटेल खुलेर राख्न सक्नु हुनेछ ।यो साईट मा पनि पहिला तपाईले आफ्नो एकाउन्ट बनाएर चाहेको बिज्ञापन प्रकासन गर्न सक्नुहुने छ त्यसको लागी तपाईले आफ्नो ब्राउजर मा गएर https://sellandget.com/ लेखी इन्टर गर्नु पर्ने छ नभए यहाँ https://sellandget.com/क्लिक गरेर पनि सिधै यो साईट्मा प्रबेश गर्न सक्नु हुनेछ ।

nepali advertising site list

५, नेप यु डट कम
यो साईटमा पनि तपाईलाई बिज्ञापन राख्न कुनै बाधा ब्याबधान छैन । ब्यानर साईजको चित्र, लामो ब्याख्या र धेरै मेटा कि वर्ड राख्न पाउनुको साथै आफ्नो ब्याबसाय लाई म्याप मा  पनि राख्न सक्नु हुनेछ । त्यस्को लागी पहिले तपाई आफ्नो  एकाउन्ट खोलेर सारा कार्य गर्न सक्नु हुनेछ । यो साईट्मा जानको लागी पहिला तपाईले कुनै ब्राउजर मानौ गुगल क्रोम मा गएर https://nepyou.com/ लेखेर इन्टर गर्न पर्ने छ ।

advertising site list

६, किन बेच नेपाल डट कम 
यो साईट पनि फ्री बिज्ञापन गर्ने साईट हो । यो साईट्मा बिज्ञापन गर्न तपाईले पहिला आफ्नो एकाउन्ट खोल्नु पर्छ अनि आफ्नो मोबाईल नम्बर हालेर भेरीफाई गरे पछी तपाईं जती चाह्यो त्यती बिज्ञापन गर्न सक्नु हुनेछ ।यो साईटमा जान https://www.kinbechnepal.com/ मा क्लिक गर्नु होस ।


famous classified advertising site


७, मेरो बजार डट कम्
यो साईट पनि धेरै राम्रो  र छिट्टो छ यो साईटले पनि सम्पुर्ण बर्ग हरु लाई समेटेको छ भने नेपाल पुरै राज्यलाई समेट्ने कोसिस पनि गरेको छ यो साईट्मा पनि तपाई खुलेर आफ्नो बिज्ञापन राख्न सक्नु हुन्छ भने तपाईलाई कुनै लिमिटेसन पनि छैन । सफा र देख्दा पनि आकर्षक डिजाईन  भएको यो साईटमा तपाईले एकाउन्ट बनाए पछी तपाईलाई आफ्नै एउटा पेज मिल्नेछ । जहाँ तपाईले आफ्नो बिज्ञापन सच्याउन, नयाँ बनाउन, कमेण्टको जबाफ दिन र अरु ब्याबस्थापन गर्न ठाउ मिल्ने छ । त्यसैले यो साईट नयाँ भए पनि चाडैनै यो साईट्ले मार्केट लिने देखिन्छ । यो साईटमा जानको लागी तपाईले आफ्नो ब्राउजरमा  https://merobazaar.com/ लेख्नु पर्नेछ र ईन्टर गरे पछी तपाईको सामु यो साईट देखा पर्ने छ । यो साईट्मा जानको लागी याहा क्लिक गर्नुहोस वा माथिको चित्रमा क्लिक गर्नुहोस ।

Comments