सचेत रहौ,दुई दिन आकासिदो मुल्य र देखावटी माग बढेको देखाएर नै नया किसान लाई ब्रोईलर कुखुरा पालन पेशामा फसाईन्छ । त्यसैले बिस्तृत अध्यान बिना नहामफालौ ।

do not do poultry farming in nepal
सचेत रहौ,दुई दिना आकासिदो मुल्य र देखावटी माग बढेको देखाएर नै नया किसान लाई ब्रोईलर कुखुरा पालन पेशामा फसाईन्छ । त्यसैले बिस्तृत अध्यान बिना नहामफालौ । 

ब्रोइलर कुखुराको मुल्य दुई दिन बढाउने अनि फेरी १७० रुपयामा झार्ने खेल लाई यो ब्याबसायमा लागेका पुराना किसानहरुले २-३ दसकौ देखी देख्दै आई रहेका छन्, २०६१ सालमा नै ४ दिनलाई २५० रुपया, २०६९ सालमा २६० रुपया, २०७१ सालमा पनि आठ दिनलाई २८० रुपया बनाईएको थियो तर दुई दशक को बार्षिक सालाखाला मुल्य त्यो पनि काठमाण्डौ को हेर्ने हो भने १७० रुपया पनि छैन ।

सबैले देख्दै आएको पनि हो दुई महिना पहिला पनि २८० रुपया  पाच छ दिनलाई बडाईएको थियो  र त्यही बेला ठुला कोल्ड स्टोर वाला किसान को कुखुरा रोकेर आफ्नो फ्रीजको मासु बेचे । त्यसैले यहा बजारमा कुखुरा को माग भन्दा पनि यि दलाल हरुको  ठुलो खेल सफल पार्न बेला बेलामा कुखुराको मुल्य बढाईन्छ, बजरमा कुखुराको माग धेरै र कुखुरा उत्पादन कम भएको हल्ला फैलाईन्छ,

 साना कोल्डस्टोरे दलाल हरु  फेस बुकमा कुखुरा चाहियो चार गाडी भनेर मिथ्या हल्ला फैलाउछन भने कोही क्यासमा जती भन्यो त्यती मुल्यमा कुखुरा किन्छु भन्ने हल्ला फैलाउछन । कोही कुखुराको भाउ बढ्यो म कुखुरा पाल्छु खोर किन्नु पर्यो भनेर सत्र ठाउमा बिज्ञापन गर्छन ।अनी कुखुरा का ठुला दलाल भने  अनलाईन न्युजमा कुखुराको मासु हाहाकार्,  खोजेर पनि पाईन्न कुखुराको मासु, देखी लिएर कुखुराको मुल्यले आकास छोयो, कुखुरा बेचेर करोड पती भए भन्ने समाचार पैसा खुवाएर छाप्छन ।

यो दुई पैसे अनलाईन र युटुबेलाई त मासुभात खुवाएर पालेर राखेका छन यि ब्रोईलरा कुखुराका ठुला दलाल हरुले । त्यही भएर याहा अरबौ पैसा डुबाएर लाखौ किसानहरु घरबार बिहिन भए त्यो कुरा कसैले लेख्दैन तर कुखुराको मुल्य बढ्यो, मासु नपाएर हाहाकार्, ५० ब्रोईलर पालेर करोडपती जस्ता समाचार त कती हो कती छापेका छन । त्यसले त्यसता भ्रम मा नलागौ यो समय भनेको नया किसान लाई ब्रोईलर कुखुरा पालन ब्याबसायमा तान्ने समय हो हल्लाको भरमा नफसौ । 

हरेक बर्ष ब्रोईलर पालक किसान हरुले लाखौ डुबे पछी बाध्य भयर यो पेशा छोड्न बाध्य हुन्छन , वा भनौ किसानलाई नौ महिना देखी एक सालमा नाङ्गो बनाएर यो पेशा बाट लात हानेर निकालिन्छ अनि यो ब्रोईलर कुखुरा पालन ब्याबसय बाट निक्लेका पुराना किसानको खाली रहेको ठाउ परिपुर्ती गर्न नया किसानलाई अनकौ लोभ लालच देखाईन्छ, बिचरा फसे पछी त्यसलाई पनि भिक्मङ्गा बनाईन्छ र मेरो यति नोक्सान भयो भन्यो भने तलाई कस्ले कुखुरा पाल भनेको छ र भन्ने जवाफ दिई घोक्रेठ्याक लगाईन्छ । 

त्यसैले जो जो ब्याक्तिले हल्लाको भरमा ब्रोईलर कुखुरा पाल्ने सोच बनाई रहनु भएको छ ति ब्याक्तिहरुलाई के भन्न चाहान्छु भने यस्तो दुई दिन कुखुराको मुल्य बढाउने कुरा, झुठा माग बृद्दिको कुरा, अनि बजारमा कुखुराको अभाबको कुरा, कुखुराको मासु नपायर हाहाकार हुन्छ भन्ने कुरा, मुल्य छ सय हुन्छ भन्ने कुराको हल्ला चलाउने प्रबृती ३ दशक देखी चल्दै आएको छ र चलिरह्ने छ । त्यसको पछी लाग्नु भयो भने तपाईको कती छ लगानी त्यो छ महिनामै चट हुन्छ लेखेर राख्नुस । 

कसैले पनि नाफाहुने ब्याबसायलाई ढोल पिटेर मलाई नाफा भयो भनेर समचारमा छपाउदैन, यदी फाईदै हुने रहेछ मानौ, कुखुराको मुल्य ५०० हुन्छ भन्ने भबिश्यबाणी गर्न सक्ने त्यो ठुलो ब्यापारिले चाही किन कुखुरा पाल्दैन ? त्यस्तो फाईदा हुने भए यि कुखुरे कोल्डस्टोर र कसाईहरुले किन कुखुरा पाल्दैनन ? त्यसैले सही ब्याक्तिले फैलाएको हल्लालाई मान्नु पनि पर्छ तर दाना चल्ला ब्यापारिले आफनो ब्यापार बढाउन अब कुखुराको मुल्य ५०० हुन्छ भन्दैमा कुखुरा पालक किसानले पत्याईहाल्नु मुर्खता हो, त्यस्तै कसाई कोल्डस्टोर ले कुखुराको माग बढ्यो ,कुखुरा चार गाडी चाहियो भनेर लेख्दैमा, वा मागेको मुल्य दिन्छु भन्दैमा के तपाईको कुखुरा त्यसलेनै त्यतिनै पैसामा किन्छ भन्ने ग्यारेन्टी लिन्छ र ? उस्को दाउ त कुखुरा फालाफाल भयो भने किसानको कुखुरा सित्तैमा लुटुला भन्ने दाउमा हुन्छ ।

त्यस्तै कुखुराको खोरा चाहियो भनी पोस्ट गर्ने दलाल ले पनि २० ठाउमा किन बिज्ञापन गर्दै हिड्छ ? किनकी उस्ले अरुलाई पनि देखाउन चाहेको छ कि कुखुरा पाल्ने , खोर खोज्नेको भिडै रहेछ त्यो देखेर पनि २-४ जना त फसिहल्छन कि भनेर । नत्र एक जनाले १ ठाउमा खोर चाहियो भनी बिज्ञापन गर्दा ३०० जनाले मेरो किन भन्दा भन्दै २० ठाउमा किन बिज्ञापन गर्दै हिड्छ ? किनकी त्यसतालाई खोर किन्नु छैन तर धेरै भन्दा धेरै ठाउमा प्रचार गरी हल्ला फैलाउनु मात्र छ । 

त्यसतै मलाई चार गाडी कुखुरा चाहियो,  क्यासमा कुखुरा किन्छु भन्नेहरु पनि खाली प्रचारक मात्र हुन्, किनकी कुनैपनी कोल्ड्स्टोर वा जिउदो कुखुरा काट्ने ब्याबसायिले कहिले पनि किसान सङ्ग सिधै कुखुरा लिने छुट हुदैन, यदी किसान सङ्ग डाईरेक्ट कुखुरा लिएको थाहा पाए भने कुखुरा सप्लाएर ले कुखुरा नै दिदैन त्यसमाथी पनि सिधै कुखुरा बेच्ने किसानको  भुक्तानी नगर्नु भनेर पनि कुखुरा सप्लायर र दाना ब्याब्सायी अनि डिलर ले निर्णय गरेका छन भने यो क्यासमा कुखुरा किन्छु, चार गाडी कुखुरा चाहियो भन्ने कुरा पनि हल्लानै हो भनी बुझ्न तपाईलाई समय नलाग्ला । 

त्यसैले जस्ले ४ वटा कुखुरा बेच्ने क्षयमता राख्दैन त्यसले कुखुरा पालन ब्याबसाय नगरेको राम्रो होला । यदी तपाईहरु कुखुरा पाल्ननै चाहानुहुन्छ भने शुद्द कुखुरापाल्ने किसान सङ्गा राय सल्लाह गरौ, दानावाला डिलर र मासु ब्यापारी ले भने भन्दैमा वा प्रयोजित समचारको पढेर यो ब्याबसायमा नफसौ । नया किसानलाई यो पेशामा फासाउन मात्रै यो मुल्य र मागको हल्ल चलाईएको हो जुन चार दिन पछी फेरी घटेर १७० मा आउछ त्यसको भर नपरौ । मुर्गा पालौ तर मुर्गा नबनौ, उधमी बनौ तर दुर्गती नखोजौ, अगाडी बढौ तर खाडलमा नपरौ । । 

Comments