ब्रोईलर कुखुरा पालक कृषक माथी चरम ठगी ,मासु बेच्ने कोल्ड स्टोर देखि मासु बिक्रेता पसले समेतले किसानलाई नै मार्ने ?



broiler chicken farming in nepal
ब्रोईलर कुखुरा पालक कृषक माथी चरम ठगी ,मासु बेच्ने कोल्ड स्टोर देखि मासु बिक्रेता पसले समेतले किसानलाई नै मार्ने ? 
सरकारी निकायको दरिलो अनुगमनको अभाबमा नेपालका कुखुरापालनक कृषकहरु ठगींदै आएका छन् । ४५ दिन भित्रमा प्रतिफल पाउने आषामा ऋण काढेर ब्रोइलर कुखुरापालन क्षेत्रमा लागेका कृषकहरु ऋणको भारी बोकेर पलायन भइरहेका छन् ।
कुखुरापालन क्षेत्रमा यती सम्म कृषक ठगीरहेका छन कि मासु बिक्री गर्ने coldstoreलाई जिँउदो कुखुरा जोख्दामा घाटा नपरोस भनेर प्रति सय किलोमा ५ केजी सम्म थप मासु दिने देखि त्यही मासु काटेर खुद्रा  मासु बेच्ने पसलेलाई तिनै coldstoreले दिनुपर्ने डिलर कमिसनबापतको प्रतिकिलो ५ देखि १० रुपयाँ सम्म कृषकबाटै असुलीरहेका छन् । सरकारी निकायको बेवास्ताका कारण कृषकहरु आफुमाथी भएको चरम अन्याय सहेर बस्न बाध्य भएका छन् । ग्रामीण भुभागमा बस्ने र खासै पहुंच नभएका कुखुरापालकहरुको पहुंच राज्यको निकाय सम्म नहुंदा उनिहरुमा असहैय पिडा थपिएको छ ।
coldstore सञ्चालक, चल्ला र दाना उत्पादक देखि औषधी बेच्ने भेटेनरी सम्मको दरिलो संगठन भएपनि कृषकहरुको कुनै बलियो संगठन छैन् जस्का कारण कुखुरा व्यवसायबाट आफु डुबेपनि coldstore सञ्चालक र मासु बिक्रेतालाई पाल्नको लागि कृषक बाध्य छन् । व्यवसायीहरुका अनुसार यो देशमा ब्रोईलर कुखुरा पालन ब्याबसाय गर्नु भनेको मुर्खतापुर्ण कार्य गर्नु हो । राजधानीका हरेक coldstoreमा बिक्री गरीरहेका कृषकका कुखुरा अपबाद बाहेक २ केजी ५ सय ग्राम माथिका छन । coldstore व्यवसायीको नियम अनुसार तोकीएको मुल्य पाउनको लागि २ केजी ५ सय ग्रामनै कुखुरा को तौल हुनु पर्छ । उक्त परिणामको कुखुरा नभएमा कृषकका कुखुराको भाउ प्रतिकेजी ३०देखी ६० रुपया सम्म कम आउने हुन्छ । अहिलो जिँउदो ब्रोइलर कुखुराको मासु २ सय २० प्रतिकिलोमा बिक्री भइरहेको छ तर २ केजी ५ सय ग्राम कुखुरा नभएमा कृषकले अहिलेको रेटमा ३०देखी ६० रुपयाँ सम्म कम पाउने गरेका छन् भने ठुला कुखुराको मुल्यमा पनि कमसेकम १० रुपया मुल्य घटाएर किसानलाई भुक्तानी दिईरहेका छन । ।
नेपालमा ठुला कुखुराको भाउ बढी र सानाको कम मुल्य र्निधारण गरिएको छैन् । तर कृषकलाई ठग्न कुखुरापालन क्षेत्रमा व्यवसायीहरुले अनेक नियम बनाएका छन् । कुखुराको मासु खाने उपभोक्ताले पसलेबाट खरीद गर्ने कुखुरा जत्रो भएपनि बजारमा दैनिक चलेकै भाउमा मासु खरीद गर्दछ । तर कृषकले सानो कुखुराबापत भने कम मुल्य पाइरहेका छन् । अझ मासु पसेले कुखुराको मासु सफा गर्दामा फाल्नुपर्ने पित्त थैली र फोहर मासु नफाली उल्टै उपभोक्ताले मासु खरीद गरेपछि फाल्ने गरेका छन् ।
कृषकमाथी ठगीरहेको बिषयमा coldstore व्यवसायीहरुको संस्थासंग सम्पर्क गर्दामा सम्पर्कमा आउन चाहेनन । यस बिषयमा सरकारी निकाय र उपभोक्ता अधिकारकर्मीहरुको ध्यान केन्द्रीत गराउने हाम्रो प्रयास जारी रहने छ ।

Comments