कच्चा पदार्थको मुल्य आधा घट्दा ब्रोईलर कुखुराको दानाको मुल्य चाही किन घटाउदैनन लुटेरा दाना ब्याबसायिहरु ?


हाम्रो सरकार र तीनका निकाय हरु सधै दलालको पक्षमानै छन तर यसरी लाजै लाग्ने गरी दलालहरुले किषानलाई लुटिरहदा पनि निदायर बस्नुले चाही के जनाउछ भने याहा मिलोमतो सबैको छ । बाहिर भाषणबाजी मा चाही किसान र कृषिले नपाएको नभेटेको कुनै अनुदान समरक्षण बाकी छैन तर बास्तबिक किसान भने अहिले पनि आत्महत्या गर्नु पर्ने स्थिती मा बाचिरहेका छन ।सरकारले कमसेकम आफ्नो उपस्थिती जनाउन भनेपनी केहि काम त गर्नु पर्ने होईन र तर अह छैन यहाँ ब्रम्हलुट रोक्किने कुनै सङ्केत नै छैन ।

त्यस्तै ब्रम्हलुट मच्चाउनेहरुमा अग्र पङ्गतिमा छन दाना उत्पादक दलाल हरु । सामान्य स्थितिमा पनि अगुणस्तरिय दाना जस्मा २५-३० प्रतिशत ढुङ्गा माटो हालेर बेची किसान लुट्न पल्केका लुटेरा हरु अहिले दाना बनाउने कच्चा पदार्थहरुको मुल्य आधा भन्दा पनि कम मुल्यमा झरी सक्दा पनि आफ्नो दानाको मुल्य घटाउने तर्फ कुनै पहल नै गरिरहेका छैनन । नेपाली बजार र अन्तरास्ट्र्य बजारमा दाना बनाउने कच्चा पदार्थको मुल्य लकडाउन भए सङ्गै आधा भन्दा पनि कम भई सकेको छ । त्यही माथी पनि सरकारी अनुदान र ढुवानी तथा कर मा छुट लिएर आफु मात्रै मोटाउने तर किसानलाई भने सिधै मारिरहने लुटेराहरु बिरुद्द यदी सुम्पुर्ण ब्रोइलर कुखुरा पालक किसान हरु एक जुट भएर आन्दोलन गरेनन भने यि लुटेरा हरुले सुन्नेकान लगाउने छैनन । 

अहिलेको स्थितिमा नेपाली मकैको मुल्य १९ रुपया केजी भएको छ भने ईन्डिएन बजारमा मकैको मुल्य १४ रुपया भएको छ, त्यस्तै पहिला ५०-६० रुपया पर्ने भटमासको पिनाको मुल्य ३५ रुपयामा आएको छ । दानामा हालिने ९५ प्रतिशत हिस्सा ओगटेको  कच्चा पदर्थको मुल्यनै आधा भन्दा कम मुल्यमा झारी सक्दा पनि दाना ब्याबसायी हरुले १-२ रुपया दानाको मुल्य घटाएको देखिनुले यि लुटेराहरुको नियती  प्रस्ट बुझिन्छ ।

साथै दानामा प्रयोग हुने हड्डिको धुलो, तथा डाईक्याल्सियम फस्फेट (डि सि पि),चुना (एल यस पि),नुन (सोडियम क्लोराईड),खाने सोडा (सोडिएम बाईकार्बोनेट),मिथियोनिन (डि एल एम),लाईसिन  को मुल्य पनि प्रतिशतमै घटेको छ ।यसरी अहिलेको स्थितिमा दानाको उत्पादन मुल्यमा ३० प्रतिशत नाफा जोडेर अन्तिम मुल्य निकाल्दा पनि कारीब १७-१८ सयमा किषान ले दाना पाउनु पर्नेमा अहिले पनि किसान उहि मुल्यमा दाना किन्न बाध्य छन । 
सरकार र दाना उत्पादक मिलेर साना किसान हरुलाई मारेरै बिस्थापन गर्ने निती लिएको अवस्थामा यदी सम्पूर्ण कुखुरा पालक किसान जो पहिला लुटिएर यो पेशा छोडेका देखी लिएर अब आउने नयाँअ किसान समेत मिली जब सम्म आन्दोलन गर्दैनन तब सम्म यो सरकार ले लुटेरा हरुलाई मुल्य कटौती गर्न निदेशन दिने छैन ।
तसैले सम्पूर्ण ब्रोइलर कुखुरा पालक किसान हरुले आ-आफ्नो स्थानिय निकाय बाट पारिद गरेरै समुह बनाई  रास्टृय रुपमा एकजुट भई न लडे सम्म लुटेरा हरुले लुटिरहने छन । 

अब किसानलेनै आफ्नो माग ठोस रुपमा नउठाउने हो भने बिसौ बर्ष देखी घरबार लुटिएका किसान हरुको  सुचिमा तपाई पनि  आउनुहुने छ । त्यसैले दानाको मुल्य समायोजन र जिउदो कुखुराको मुल्य २५० रुपया प्रती केजी नघाटने गरी निर्धारण नगरे सम्म दलालको पछी लागेर आफ्नो घरबार नसिध्याऔ । । सबै किसान हरु जागौ आफु पनि सचेत हौ अरुलाई पनि सुचना दिउ । आफ्नो साथिहरुलाई सेयर गरी सुचना दिउ । । 

Comments