कुखुरा पालन ब्याबसायी किसानका हातमा नरहेको समस्याहरु

problem of poultry farmer that can not solve from their side
कुखुरा पालन ब्याबसायी किसानका हातमा नरहेको समस्याहरु 

ब्रोइलर कुखुरा पालन ब्याबसाय  गर्ने किसानहरुले चारैतिरको समस्या भोग्नु पर्दछ । ब्रोइलर कुखुरा पालन ब्याबसाय समाचार र हल्लामा फाईदा भएको भनियतापनी व्यवहारमा किसानहरुले धेरै समस्याहरुको सामना गर्नु परेको छ । कुखुरा पालन ब्याबसाय रोजगारीको उपयुक्त माध्यम भएता पनि उत्पन्न चुनौतीका कारण किसानहरु लाभान्वित हुन सकिरहेको अवस्था छैन । नेपालमा ब्रोइलर कुखुरा पालन ब्याबसाय ले रोजगारका धेरै अवसरहरु निर्माण गरे पनि राज्यको उदासिनता र पोल्ट्री उद्योगहरुको एकलौटी नाफा कमाउने मनसायले गर्दा किसानहरु मर्कामा परेका छन् ।
ब्रोइलर कुखुरा पालन ब्याबसायले धेरैलाई रोजगार प्राप्त गराए तापनि विभिन्न समस्याहरुबाट यस व्यवसायमा पनि चुनौती थपिएका छन् । रोगका संक्रमणको वृद्धि, बजारको अनिश्चितता, चल्ला र दानाको गुणस्तरमा गिरावट, जस्ता कारणहरुले व्यवसायमा चुनौती सिर्जना गरेको हो । जबसम्म यस व्यवसायमा आबद्ध सबै निकायले चुनौतीलाई गम्भीररुपले लिएर आप्नो ठाउँबाट निराकरणका लागि पहल गर्दैनन्, तबसम्म ब्रोइलर व्यवसायका समस्याहरु यथावतै रहन्छन् । यिनै समस्याका कारण ब्रोइलर व्यवसायका आधारवर्ग किसानहरु घाटामा काम गर्न बाध्य छन् । किसानहरुको मुनाफालाई सुनिश्चित गर्न नसकुन्जेल व्यवसायमा उत्पन्न समस्या समाधान हुने लक्षण देखिँदैन । त्यसैले ब्रोइलर व्यवसायमा समस्या उत्पन्न गर्ने निम्न कारणहरुलाई सबैले ध्यान दिएर त्यसको समाधानका लागि पहल गर्नु जरुरी छ ।
१) चल्लाको गुणस्तर र मूल्यको उतारचढाव ः
चल्लाको गुणस्तर एकनासको नहुनु र कमसल चल्लाका कारण ब्रोइलर कुखुरा पालन ब्याबसाय मा किसानहरुलाई असर पुग्ने गर्दछ । जुन कारणबाट लागतको तुलनामा उत्पादन हुन सक्दैन । कमसल र गुणस्तरहीन चल्लाबाट कुखुराको शारीरिक वृद्धिदरमा असर पुग्ने, कुखुरामा रोगको संक्रमण बढ्ने र मृत्युदरसमेत बढी हुने भएकाले त्यसबाट उत्पादनमा प्रत्यक्ष असर पुग्ने हुन्छ । साथै चल्लाको मूल्यमा एकरुपता नहुँदा कहिले किसानहरुले चल्लाको बढी मूल्य तिर्नु पर्छ । अलिकति चल्लाको माग बढ्नेबित्तिकै ह्याचरीहरुले चल्लाको मूल्यवृद्धि गर्दछन् । जसले गर्दा ब्रोइलर कुखुरा पालन ब्याबसाय को लागतसमेत बढ्ने गर्दछ । यसबाट किसानहरुलाई व्यवसायमा मार पर्ने गर्दछ ।
२) दानाको गुणस्तर र मूल्यवृद्धि ः
दानाका कारणले पनि ब्रोइलर कुखुरा पालन ब्याबसाय  गरिरहेका किसानहरुलाई व्यवसायमा ठूलै असर पु¥याउने गर्दछ । ब्रोइलर कुखुरा पालन ब्याबसाय मा कूल खर्चको ९० प्रतिशत रकम दानामा खर्च हुन्छ । यदि दानाको गुणस्तर कमसल छ भने त्यसले समग्र व्यवसायमै घाटा पु¥याउने हुन्छ । यति हुँदाहुँदै पनि अनावश्यकरुपमा बढिरहने दानाको मूल्यले ब्रोइलर कुखुरा पालन ब्याबसाय  गर्ने किसानहरुलाई झन् समस्या उत्पन्न गरिदिएको छ ।

3) उत्पादित कुखुराको मूल्य दलालहरुले निर्धारण गर्नु ः
नेपालमा अधिकांश समय ब्रोइलरको मासु खपतभन्दा उत्पादन कम हुने भए पनि दलालहरुले मासुको खपत भएन भनी तयारी ब्रोइलरहरु किसानको खोरमै जाम गर्न बाध्य बनाउछन ।यसरी अनाबस्यक दाना तयार भई सकेको कुखुरालाई खुवाउनु भन्दा कम मुल्यमानै दलालहरुलाई सुम्पिन बाध्य छन । यस्तो अवस्थामा किसानहरु आफुले उत्पादन गरेका कुखुराको मूल्य आफैं निर्धारण गर्न सक्दैनन् । निश्चित अवधिभन्दा बढी समय राख्दा घाटा बढ्न जाने कारणले गर्दा किसानहरु बजारले जस्तोसुकै मूल्य तोके पनि आफनो उत्पादन बेच्न बाध्य हुन्छन् ।

Comments