ब्रोइलर कुखुराको तौल नेपालमा मात्रै किन तीन केजिको खोजिन्छ ? जबकी अन्तररास्ट्रीय तौल १ .८ केजी छ ?

यदी तपाईंले पहिलानै ब्रोईलर कुखुरा पालन गर्नु भएको छ भने सबै कुरा थाहा पाउनु नै भयो होला बाईस त्याईस सय ग्रामको कुखुरा बेच्न कती गार्हो हुन्छ भनेर । हरेक किसानको ५-१० प्रतिशत कुखुरालाई कम वजन वा पेट ठुलो भएको भनेर या त सित्तैमा राखिन्छ या फिर्ता पठाईन्छ । काठमाण्डौका धेरै कोल्डस्टोर्हरुले किसान धम्काउन र धेरै जर्ती काट्नको लागी प्रमुख बाहाना भनेको कुखुराको तौल हो । कुखुराको तौल सत्ताईस सय वा त्यो भन्दा धेरै आयन भने कुखुरा पालाक किसान लाई तेरो कुखुरा चाहिदैन , फिर्ता गरा वा कुरेर बस भनेर धम्काईन्छ या त गाडिमा लोड अनलोड गर्दा र काटामा थिचियर मर्न लागेको कुखुरालाई फिर्ता लग्न  भनिन्छ, जुन कुखुरा फिर्ता ल्याउदा सबै बाटोमानै मर्ने निस्चित भएकोले किसानहरुले तौल कम भएका कुखुरा कोल्ड्स्टोर मा नै सित्तैमा छोडेर आउछन । जसको प्रतिशत ५ भन्दाअ धेरै हुन्छ ।
why the standard slughter weight of broiler chicken is high in nepal?

तर त्यही कुखुराको मासु उपभोक्ताले खादा वा किन्न जादा त्यो कुखुराको वजन तीन केजिको थियो कि थिएन भनेर ९८ प्रतिशत ले सोध्दैन । सचेत मासु उपभोक्ताले ताजा मासु खोज्छ, सफाई खोज्छ तर त्यो कुखुराको जिउदो तौल कती छ भनेर सोध्दैन । जबकी मासु खाने ब्यक्तिलाई जिउदो कुखुराको साईजको वास्ता छैन भने किन कोल्ड्स्टोर वाला लाई ठुलो कुखुरा चाहिन्छ त ? किनकी उनिहरुले कम वजन ल्याएको भनेर धेरै जर्ती काट्न पाउछन , साना कुखुरा सित्तैमा पाईने र अझ मुल्य पनि कम गराउन पाउने हुनाले र धेरै कुखुरा ठुलो बनाउन  धेरै दिन पाल्नु पर्ने, जस्ले गर्दा दाना वाला लाई नै धेरै फाईदा हुने हुनाले यो दाना वालाको पनि चाल हो । त्यसैले दानावाला ले कोल्डस्टोर लाई साना कुखुरा नलिन ठाडो आदेश दिएको हुन्छ ।जुना चलन नेपालामा मा मात्रै जबर्जस्ती चलाईएको हो अन्त कतै त्यस्तो छैन ।

अमेरिकाले स्ट्याण्डर्ड जिउदो ब्रोईलर कुखुराको को तौल अट्ठार सय ग्राम तोकेको छ ।त्यहाँ देशै भरी १८ सय ग्रामको कुखुरा खाईन्छ किनकी त्यो वजनको कुखुराको बोसो धेरै कम हुन्छ । त्यसतै अन्तरास्टृअ बजार मा रहेको के एफ सि ले पनि १२-१५ सय ग्राम को कुखुरा प्रयोग गर्छ ।के एफ सि ले सानो साइजको कुखुरा प्रयोग गर्नुमा सानो पिस चाहिएर मात्रै होईन सानो कुखुरामा बोसोको मात्रा कम भएर मात्रै हो नत्र ठुलो कुखुराको  मासुलाई चाहिएको साइजमा ल्याउन धेरै मेसिन र टेक्नोलोजी बनी सकेका छन ।
avaerage weight of broiler is 2 KG

त्यस्तै टाढाको कुरा छोडौ यही नजिक इन्डियाको कुरा हो त्यहाँ २केजी देखी २२ सय ग्रामको कुखुरा देशै भरी खाईन्छ यदी कुखुराको तौल २२ सय भन्दा धेरै ठुलो भयो भने त्यो कुखुरा ईन्डियाको कोल्ड स्टोरले लिदैनन । त्यसैले ईन्डियाका ठुला तौल भएका कुखुरा सस्तोमा नेपाल भित्र्याईन्छ या खाडल खानेए पुरिन्छ या ससेज कम्पनिले लान्छ तर ठुला कुखुराको बोसो भएको मासु कोल्ड स्टोर ले बेच्दैन । त्यही भएर नेपालमा ईन्डिएन ठुला कुखुराको बिगबिगी छ । उता बिक्ने भए नेपालमा कसैले सस्तो मुल्यमा पठाउथ्यो ?

यसर्थ कारण हरु प्रस्ट छन , दाना वालाको धेरै दाना बिकाउन , कोल्ड स्टोर ले साना कुखुराको नाममा किसान लाई धम्क्याउन , सित्तैमा कुखुरा लिन , मुल्य घटाउन ,वा धेरै जर्ती काट्नको लागी  मात्रै नेपालका कोल्ड स्टोरहरु ले तीन केजिका कुखुरा चाहिने प्रचलन नै बनाएका हुन ।नत्र मासु किन्न जाने ग्राहक ले कहैले ठुलो कुखुराको मासु चाहियो भनेको रेकर्ड छैन । अझ सानो कुखुरा को बजार मुल्य सुन्नु भयो भने तपाई बौलाउनु हुन्छ जुन मुल्य ठुलो कुखुराको आधा पनि छैन ।

अर्को कुरा ब्रोईलर कुखुराको एफ सि आर १८ सय ग्राम बाट २२ सय ग्राम सम्म मात्रै धेरै हुन्छ । १५ सय भन्दा सानो कुखुरा किसान ले बेच्यो भने पनि किसान लाई घाटा हुन्छ, २२ सय भन्दा ठुला कुखुरा  बनाएर बेच्यो भने पनि घाटा हुन्छ किनकी २ केजी को कुखुरा बन्दा दानाको सही तौल प्रयोग हुन्छ । यदी त्यही कुखुरालाई धेरै दिन पालेमा तौल त बड्छ तर दाना पनि तुलनत्मक रुपमा धेरै खान्छ र कुखुरा बेच्दाको पैसा भन्दा कुखुराले खाएको दानाको खर्च धेरै हुन्छ ।

कुखुरा पालन नगरेका वा थाहा नभएका किसानलाई वा अन्य ब्याक्तिहरुलाई यो कुरा त्यती चाख नलाग्न सक्छ तर जस्को कुखुरा कुनै कारणबस ठुलो भएन र त्यसलाई बेच्नु पर्ने स्थिती छ भने उस्को हालत हेर्न लाएक हुन्छ ।मानौ उस्ले कसैको हत्या गरेको छ वा उ कुनै ठुलो दोषी हो जस्तो ब्याबहार गरिन्छ जस्को तनाबको कुनै लेखाजोखा छैन । आधा रातमा कुखुरा उठाउन आउने गाडी ड्राईभर को किच किच देखी कोल्ड स्टोर को झार्की फुर्की र कुखुरा फिर्ता गर्ने धम्किले किसान पागल बनिसकेको हुन्छ त्यही माथी कुनै कुनै कोल्ड स्टोरका मालिक हरु ता हाथापाई मै उत्रीन्छन  र आफ्नो मर्जिले कुखुराको मुल्य निर्धारण गर्छन ।तसतै ५० -५० कुखुरा सत्र ठाउमा डुलाउदा डुलाउदा किसान र किसानको हालत अर्धपागल को जस्तो भई सकेको हुन्छ ।

जस्ले कुखुरा पाल्नको लागी  त्यत्रो मेहेनत गरेको हुन्छ जस्ले अरबौ को दाना किनेर  र कुखुरा दिएर दाना उधोग , र मासु कोल्ड स्टोर लाई धानेको छ त्यसलाई अनेक नियम बनयार थिचो मिचो गर्नु के उचित हो ? दाना ब्यापारी र मासु ब्यापारिले किन दुस्मनको जस्तो ब्याबहार गर्छन कुखुरा पालक किसान लाई ? किनकी कुखुरा पालक किसान को कुनै सङ्गठन छैन सुनिदिने सरकारी निकाय छैन । त्यसैले सम्पुर्ण किसान हरु एकजुट भई कुखुराको बेच्न लाएक तौल १८ सय देखी २२ सय सम्म राखौ । ठुला कुखुराको नाममा भैइरहेको ठगिको बिरोध गरौ । आजै बाट आवाज उठाऔ ।

Comments