दाना चल्ला बेच्ने पजेरो कारैमा, मासु बेच्ने ५ तले घरैमा, कुखुरा पाल्ने आशुको धारैमा हाम्रो नेपालामा

nepaalamaa kukhuraa paalan.

महोत्तरी मटिहानी का सहदेब महतो भन्छन कुखुरा पालक किसान भनेका दाना चल्ला ब्यापारिका सुधारियका हली गोठाला हुन, सुधारिएका यस अर्थमा कि घर खेत बेचेर बुझाय पछी आजकल कमसेकम जोगी भएर हिड्न पाइन्छ ।महतोले आफु ५ बर्ष बिदेश बसेर कमाई ल्याएको कारीब २५ लाख रुपया कुखुरा पालेर फाईदा हुने आसमा दाना चल्ला ब्यापारी लाई बुझाए ।त्यही पनि लाग्दा लाग्दै लकडाउनमा त उनले कुखुरा खाडलमानै हाले ।त्यस पछी उनि हातखडा गरेर अनिस्चित भबिस्य हेरेर टोलाउदै छन ।

नुवाकोट म्याङ्गम का काजी तामाङ्ग ले पनि कृषिमा डिप्लिमा सकाएर खाली समयमा कुखुरा पाल्ने निधो गरे किनकी उनले  आफ्नो पढाई अनुसार आफ्नै गाउमा केहि गर्न सकिन्छ कि भनी बाउको पेन्सन रकम डिपोजिट राखी कुखुरा पाल्न शुरु गरे । हरेक लटमा २-३ लाख घाटा खप्टिदा खप्टिदै ५ लट पछी उनले कारीब १०लाख जती कर्जा आफ्नो घरै नजिकको बारी बेचेर तिरे । त्यसपछी उनिपनी बाउको अगाडी मुख देखाउन नसकेर शहर पसेका थिए, अहिले फेरी लक डाउनमा त्यही बेचेको बारी अध्याय मा खेती गरेर बसेका छन ।

भक्तपुर तेल्कोट भन्ज्याङ्ग कि सरिता अधिकारिले पनि आफ्नो गरिखाने जग्गा जमिन नभएकोले गाउकै समुहको पैसा ब्याजमा लिएर भाडामा कुखुरा पाल्न  शुरु गरिन । तर उनि पहिलो लटमै डेढ लाख घाटामा गईन । चर्को ब्याजमा ल्याएको पैसा त्याही माथी त्यत्रो घाटा देखेर उनि धन्दै  धन्दै बेहोस हुने स्थितिमा पुगिन र अहिले पनि कर्जा कसरी तिर्ने भनेर शोकमा डुबेर बसेकी छिन ।

वैजनाथ गाउँपालिका वडानम्बर २ पहाडीपुर बाँके का कृषक दिपक गुरूङ लकडाउनताका कुखुरा मर्न थालेर कुखुराको खोरमै बेहोस भएको भिडियो त सबैले हेरे नै तर उनको कारीब १८ लाखको क्षति कसैले देखेन । अहिले पनि उनि कहाँ बाट त्यती ठुलो क्षति परिपुर्ती गर्ने भनेर चिन्तामा डुबेका छन ।

मोरङको सुन्दरहरैचा स्थित वार्ड नं २ बस्ने दयाराम फुयालले आफ्नै कुखुराको खोरमा पसेर भटाभट कुखुरा काटेको भिडियो पनि तपाई हरुले हेर्नु भयो होला ।       उनले पनि कुखुरा नबिकेर सबै कुखुरालाई आफै मारेर गाड्नु भन्दा केही उपाय नरहेकोले जेसिबी ल्याएर सबै कुखुरा गाडेको कुरा त सबैले थाहानै पाए । त्यो लटमा कारीब चार लाख रुपया खाडलमा गएको कुरा उनले बताए । त्यो चार लाख रुपया तिर्न अहिले उनि धेरै तिर हात फैलाएर कर्जा माग्न हिडिरहेका छन ।

यस्तै यस्तै घटना त कुखुरा पालन गर्ने किसानको प्रतिनिधी घटना मात्रै हुन । कती किसानहरुले बिदेश बाट दशौ बर्ष कमाएर ल्याएको पैसा एक सालमै दाना चल्ला कम्पनिमा बुझाए, कती किसानहरुले आफ्नो पुर्खेउली सम्पती बेचेर बुझाए, कती किसान कर्जामा डुबे, कती कसान घरबार बिहिन भए र कती किसान पिडित भए त्यस्को केहि लेखाजोखा छैन । सरकार पनि किसानलाई क्षतिपुर्ती दिनुको सट्टा तिनै किसानमारा हरुलाई अनुदान, करमा छुट,लगाएत किसानको क्षतिपुर्ती पनि तिनैलाई पोस्दै आएको छ । न सरकारले किसानको लगानी हिसाब गरेको छ, न क्षतिपुर्ती हिसाब गरेको छ न दाना चल्ला ब्याबसायिले गर्दै आएको डकैतिको निरिक्षण गरेको छ न दानाको चर्को मुल्य नियन्त्रण गरेको छ, न दाना चल्लाको गुणस्तर निर्धारण गरेको छ, न तयारी कुखुराको मुल्य निर्धारण गर्दछ । सरकार र सरकारी निकाए खाली दलाल सङ्ग कमिसन खाएर निदाई रहेको छ । यसरी सरकारै आफ्नो पक्षमा भए पछी दाना चल्ला ब्याबसयिहरु किसान मारेर करोडौको गाडिमा हिडिरहेका छन भने त्यही किसानको कुखुरा कातेर बेच्ने हरु शहरमा पाच तले घरमा बसेर मोज गरिरहेका  छन । त्यही पेशामा लाग्ने प्रमुख ब्याक्ती कुखुरा पालक किसान चाही आज बात होईन बिसौ बर्ष बाट रुदै हिडिरहेको छ । न उस्को पिडा बुझ्ने कुनै निकाए छ न उस्को लेखाजोखा गरिदिने कुनै सम्यन्त्र छ । खाली छ त यो देशमा किसान लुट्ने दलालहरुको बिगबिगी छ, दलालकै सरकार छ,  र किसानको रुवाबासी मात्र छ ।

Comments