दुई चार दलालहरुको हातमा छ नेपालको कुखुरा पालन ब्याबसायमा नियन्त्रण

poultry farming in nepal
दुई चार दलालहरुको हातमा छ कुखुरा पालन ब्याबसाय ।

ब्रोइलर कुखुराको मासु उपभोक्ताले बिरलै उधारो खान्छन् । मासु उत्पादन गर्ने कृषकले सहजै ब्रोइलर कुखुरा बेचेको पैसा पाउँदैनन् । एक दिने चल्ला, कुखुराको चारा दाना र औषधिमा व्यापारिको सुरुमै लगानी हुने हुँदा यस बीचमा  बिचौलिया दलालले पैसा होल्ड गर्दा उधारोको दलदलबाट नेपाली कृषक निस्कनै सकेका छैनन् ।

केही मुठ्ठीभरका व्यापारिको हातमा सिंगो कुखुरा पालन क्षेत्र भएकाले राज्यले हस्तक्षेपकारी भूमिका खेल्नु आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य हरिशरण दाहाल बताउनुहुन्छ । ‘ब्रोइलर कुखुरामा नसोचेको सिण्डिकेट छ, नेपालभरमा पाँच-सता जना व्यापारिको नियन्त्रणमा सिंगो क्षेत्र पीडित बनेको छ’ दाहालले बताउनुभयो । उहाँका अनुसार केही व्यापारिसँग कुखुराको चारा दाना, एक दिने चल्ला,औषधि र कोल्डस्टोर समेत आफ्नै भएकाले एक दिने चल्लाको भाउ देखि मासुको भाउ सम्म आफैले निर्धारण गर्ने गरेका छन् ।

सरकारले समेत प्रभावकारी रुपमा अनुगमन गर्न नससकेको उहाँको तर्क छ । उहाँले सरकारी अनुगमन गर्ने निकायले कर्मचारीको अभाव देखाएर नियमित अनुगमन समेत गर्न सकेको छैन । दाहाल भन्नुहुन्छ सरकारी संयन्त्र बलियो बनाएर मासु, कुखुराको चारा दानाको र एक दिने चल्लाको साप्ताहिक रुपमा बजार मुल्य सार्वजनिक गरेपछि मात्रै कुखुरा पालन क्षेत्रको सिण्डिकेटको अन्त्य हुन्छ ।

एक दिने चल्ला किनेको बेलादेखि ब्रोइलर कुखुरा बेच्ने समयसम्म सिण्डिकेटको दलदलबाट कृषकमाथि उम्कन सकेका छैनन् । कृषकसँग लगानी गर्ने पैसा छैन, सरकारले लगानी गरिदिदैन, व्यापारिको लगानी सुरुबाटै भएकाले ब्रोइलर कुखुरा व्यवसायभित्र डरलाग्दो सिण्डिकेट मौलाउँदै गएको छ । जसको कारण ब्रोइलर कुखुरा उत्पादन गर्ने कृषक कमजोर,  बिचौलिया दलाल र व्यापारि मोटाउँदै गएका छन् । बजारमा  बिचौलिया दलालको दबदबा बढेसँगै कृषक र व्यापारिबीच सेतूको काम कुखुरा पालन व्यवसायी मञ्चले गरे पनि त्यो प्रभावकारी बन्न भने सकिरहेको छैन ।

ब्रोइलर कुखुरापालनमा न्यून आय भएका, वैदेशिक रोजगारीबाट फर्किएका युवाकै संम्लग्नता धेरै छ । सानो लगानीमा धेरै मुनाफा हुने भन्दै आकर्षित भएका युवा  बिचौलिया दलालको मारमा परेसँगै मुस्किलले एक बर्ष ब्रोइलर कुखुरा पालन व्यवसाय गरेर पेशाबाटै पलायन हुने अवस्थामा पुग्न थालेका छन् ।

ब्रोइलर कुखुराको मासु र अण्डा उत्पादनमा नेपालको चितवन, काभ्रेपलाञ्चोक लगायतका जिल्ला आत्मनिर्भर छन् । तर उधारो कारोबारको दलदलमा ब्रोइलर कुखुरापालक कृषक परेकाले उनीहरु आफूले खोजेको ठाउँमा उत्पादन गरेको ब्रोइलर कुखुरा र अण्डा बेच्न समेत पाउँदैनन् । त्यसले उत्पादकले राम्रो भाउ  पाउनै सकेका छैनन् ।

दिनभर श्रममा घोटिएर काम गर्छन शरीरमा चाहिने प्रोटिन ६० रुपियाँ प्रतिकिलो पाउने ब्रोइलर ब्रोइलर कुखुराको टाउको र खुट्टा खाएर धान्छन् तर यो पेशाबाट खासै नाफा नभए पछि उनीहरू पछिल्लो समय निराश बनेका छन् ।

उत्पादकले राम्रो भाउ  नपाउने र उपभोक्ताले चर्काे भाउ  तिर्नुपर्ने अवस्थामा समेत सरकारी संयन्त्रबाट बलियो अनुगमन हुन नसक्दा कृषक पलायन हुने अवस्थामा पुगेका छन् भने  बिचौलिया दलाल झनै उत्साहित बन्न पुगेका छन् ।

आम उपभोक्ताले औधी रुचाएको ब्रोइलर ब्रोइलर कुखुराको मासुको मुल्य बढाउन ह्याचरी संचालकले केही हप्ता पहिले लाखाैँको संख्यामा एक दिने चल्ला जमिनमा पुरेपछि त्यसको असर बजारमा देखिएको छ । तयारी मासुको बजार भाउ  चार सय रुपियाँ पुगेसँगै उपभोक्ताले ब्रोइलरको मासु खानै छाडेका छन् । त्यसको असर देखाउँदै कृषकले जिउँदो ब्रोइलर कुखुराको भाउ  २४० प्रतिकिलो मात्रै पाउन थालेका छन् ।

केहीदिनसम्म कृषकले एक किलो जिउँदो ब्रोइलर कुखुराको २८० रुपियाँ पाउने गरेका थिए । तर कृषकले २४० रुपियाँ प्रतिकिलो पाउने भएपनि समयमै पाउन सकेका छैनन् । ब्रोइलर कुखुराको मासुमा कार्टेलिङ गरिरहेका व्यवसायीले एक दिने चल्ला र कुखुराको चारा दानाबाट कृषक ठगिदै आएका छन् । एक दिने चल्लाको समेत कार्टेलिङ भएसँगै सातामै एक दिने चल्लाको भाउ  ३५ रुपियाँसम्म बृद्धि भएको छ । ब्रोइलर कुखुरापालक कृषकका अनुसार नेपाल ह्याचरी उद्योग संघले माघ १० गते एक दिने चल्लाको भाउ  ४० रुपियाँ निर्धारण गरे
जानकारहरुका अनुसार देखि ३५ रुपियाँमा एक दिने चल्ला तयार हुन्छ । ह्याचिङ गरेर बाहिर निकाल्दा ३५ रुपियाँभन्दा धेरै पर्दैन को थियो । निरन्तर बढेको एक दिने चल्लाको भाउ  क्रमशः बढाएर एक सातामा ७० रुपियाँ पु-याइएको छ । कृषकले भने ७५ रुपियाँ तिर्दै आएका छन् । ठूला व्यवसायी, कुखुराको चारा दाना उद्योगी र ह्याचरी उद्योगीले प्रचलित कानुनविपरीत कालोबजारी भैरहेको छ ।
। ३० रुपियाँ पर्ने एक दिने चल्लाको ७५ रुपियाँसम्म तिर्न बाँध्य छन् ।

Comments