अण्डाको मुल्य तीन किसिमका र ब्रोईलर कुखुराको मुल्य दुई किसिमका हुन्छन भनेर उपभोक्ता लाईनै थाहा छैन भने कस्को लागी बनाईन्छ थरी थरिका मुल्य ?

why there is three type of eggs if consumer dont know about it

यदी तपाईहरुले ब्रोईलर कुखुरा र लेयर्स कुखुरा पाल्नु भयको छैन भने तपाईहरुलाई अचम्म लाग्न सक्छ तर अचम्म नमान्नुहोस तपाईले खाने गरेको अन्डाको तीनथरिका मुल्य हुन्छन र ब्रोईलर कुखुराको दुईथरिका मुल्य हुन्छन । के तपाईलाई पसले ले त्यो कुरा बताएको छ ? के तपाईले महङ्गो अन्डा र सस्तो अण्डा भनेर एउटै पसलमा दुई मुल्यको अण्डा देख्नु भएको छ । अझा कुरा नघुमाई भन्दा के तपाईले ठुलो अण्डालाई धेरै वा सानो अन्डालाई थोरै मुल्यमा किन्नु भएको छ ? छैन भने आजै बाट अण्डा किन्दा अन्डाको साईज हेरेर त्यसको मुल्य तिर्नु होला । किनकी यि अण्डा ब्यापारिले कुखुरा पालक किसान सङ्ग अण्डा खरिद गर्दा अण्डालाई तीन
साईजमा छुट्याएर त्यसको तीन किसिमको मुल्य तोकेर किन्छन तर पसलेले ग्राहक लाई अन्डा बेच्दा ठुलो अण्डाको मुल्यमा पनि फाईदा खाएर बेच्छ ।लगभग १०० प्रतिशत ग्राहक लाई यो कुराको बारेमा थाहा नै दिईएको छैन भने सानो अण्डा सस्तोमा देउ भन्दा पनि पसलेले सस्तो मुल्यमा अण्डा दिदैन । त्यसैले यो तीन किसिमका अण्डाको भाउ किन बनाईएको रहेछ त तपाईहरु सबैले बुझ्नु भयो होला ।साना अन्डा ग्राहक लाई बाराबर मुल्यमा बेच्न नसक्ने भनेर किसान सङ्ग चाही आधा मुल्यमा अण्डा लिने र उपभोक्तालाई सस्तो मुल्यमा दिनु त कता हो कता त्यसको खबर सम्म नदिने चोरहरुले उपभोक्ताले पाउनु पर्ने फाईदा पनि आफै कुम्ल्याई रहेका छन ।

त्यसैले हरेक ग्राहकले बुझ्नु पर्ने कुरा के छ भने अन्डाको तीन किसिम हुन्छन । ठुलो मझौला र सानो । सानो अण्डाको मुल्य ठुलो अण्डाको तुलनामा एक तिहाई कम हुन्छ । दलालहरुले ठुला अण्डालाई कारीब ७ रुपयामा किसान सङ्ग किनेका हुन्छन भने सानो अण्डालाई ५ रुपयामा किनेका हुन्छन र त्यही अण्डालाई उपभोक्ताले १० देखी १२ रुपयामा किनिरहेको हुन्छ अनि त्यसमा सानो ठुलो भन्ने कुनै सबाल नै नउठे पछी मुल्य फरक हुने त कुरै भएन । साना अन्डा भनेर त्यो बट्टाईको अण्डा जत्रो अण्डालाई न सम्झनु होला त्यो सानो अण्डालाई उपभोक्ताले सालौ देखी उपभोगा गरिरहेको छ जुन लगभग लगभग ठुलो अण्डा जत्रै हुन्छ र त्यसको किसान सङ्ग किन्दाको मुल्य धेरै कम हुन्छ र उपभोक्ताले किन्दा थाहा पनि पाउदैन ।

त्यस्तै ब्रोईलर कुखुराको पनि दुई किसिमका मुल्य हुन्छन तर मासु उपभोक्ताले त्यो सुबिधा कहिले उपभोग गर्न पाएन । अझ आधा किलो मासु किन्ने ग्राहकले कहिले पनि त्यो काटिरहेको कुखुराको जिउदो तौल कती थियो भनेर सोधखोज गर्दैन तर त्यही कुखुरे दलाल हरुले किसान सङ्ग कुखुरा किन्दा ठुलो कुखुराको मुल्य एक किसिमको र सानो कुखुराको मुल्य अर्को बनाएका हुन्छन । साढे दुई किलाको कुखुराको मुल्य एउटा छ भने साना कुखुरा भनिने दुई किलोको कुखुराको मुल्य ठुलो कुखुराको भन्दा ६०-७० रुपया प्रती के जि कम छ ।

सानो कुखुरा भएको बहानामा सित्तैमा कुखुरा हडप्ने , मुल्य धेरै कम गर्ने तथा किसान लाई मानसिक तनाब समेत दिने दलाल हरुले  किसानले ग्राहकलाई दिएको कम मुल्य सुबिधा समेत आफै खाईरहेका छन । यदी मासु उपभोक्ता सर्बसाधरणले त्यो सुबिधा उपयोग गर्न पाउदैन भने किन किसानलाई मात्रै त्यस्ता नियम लादिन्छ ?

त्यसैले कि त मासु तथा अण्डा उपभोक्ताले किसानले दिएको सुबिधा उपयोग गर्न पाउनु पर्‍यो अर्थात साना ठुला मझौला अन्डा र सानो ठुलो कुखुराको  मासु फरक फरक मुल्यमा पाउनु पर्‍यो नत्र यो किसानलाई अनेक बहाना देखाई मार्ने कार्य बन्द गर्नु पर्‍यो । यो देश पुर्ण गणतन्त्र भएको देश हो यहाँ सबैको हक अधिकार सुनिस्चित हुनु पर्छ त्यसैले मर्कामा परेकाहरु नबोली बस्नु पर्छ भन्ने छैन त्यसैले आफ्नो हका अधिकारको लागी आ-आफ्नो क्षेत्रबाट आवाज उठाऔ । दलाल हरुलाई ठेगना लगाऔ ।

Comments