लकडाउनमा ५०० रुपया केजी हुन्छ भन्नेहरुको पछी लागेर ब्रोइलर कुखुरा पाल्दा फेरी घाटा ।



लकडाउन सुरु हुने बित्तिकै र एक महिना हुँदा नेपालका कुखुरे दलाल हरुले पैसा खुवाएर दुई पैसे अनलाईन हरुमा छ्याप छ्याप्ती समाचार छापे । समाचार को शीर्षक थियो अब आउने दिनमा कुखुराको मासु खोजेर पनि पाईदैन्, जिउदो कुखुराको मुल्य ५००-६०० सम्म पुग्न सक्ने । त्यही समाचारको आधारमा नयाँ किसान हरु र मौकामा चौका हान्न सकिन्छ कि भनी अन्दाजा लगाउनेहरुले तथा कुखुराको मार्केट नबुझेका तथा दलालका पछी लाग्नेहरुले सामान्य समयमा भन्दा पनि धेरै कुखुरा पाले नेपालमा जिउदो ब्रोइलर कुखुराको मुल्य यती धेरै अस्थिर छ कि पानी पनि होईन हावाहुरी आयो भने पनि ब्रोईलर कुखुराको मुल्य घटाईन्छ ।


 बितेका दिन हरुको कुरा गर्ने हो भने सोमबार भएर मुल्य घटाईएको, होली सकिएर भाउ घटाईएको, स्कुल बिदा भयो भनेर , दशै तिहार मा पनि मान्चेहरु शहर छोडी गाउ गए भनेर, असार साउन आयो भनेर, देखी लिएर बिना कारण बिना समय कुखुराको मुल्य १२० सम्म झारिने गरिन्थ्यो । जस्ले कुखुरा ३५-४० दिनमा बेच्नु पर्ने हो त्यसले ५०-५५ दिन सम्म पनि कुखुरा नबिकेको बाहानामा पाल्नु पर्‍यो भने यो त लकडाउन ।

लकडाउन को समयमा त बहाना धेरै छन, खाने मान्छेनै छैनन, मासु बेच्ननै पाईएको छैन, मासु पसल खोल्न पाईएन, आदी आदी । जबकी मासु पसल भनेकै सधै देखी बिहान बेलुका खोल्ने हो , त्यसतै अहिले पनि तरकारी दुध फलफुल मासु पसल लाई सरकारले बिहान बेलुकानै खोल्न दिएको छ । तर पनि यि दलाल हरुले भने जस्तै ५०० हुने त त्यस्तै हो ज्यान जोखिम मा राखेर कुखुरा पाल्दा पनि २०० रुपया पनि सालाखाला मुल्य पाएनन किसान हरुले । त्यही माथी यो लकडाउनमा प्रती टिप ४००० रुपया लिएर पनि २००-३०० कुखुरा पनि बेच्न नसक्ने देखाई आधा गाडी कुखुरा बोकी हिड्न बाध्य भए । उता २-३ हजार कुखुरा ३-४ दिनमा बेची सक्नु पर्नेमा त्यस्लाई पनि कम बिक्री भएको बाहाना देखाई १२ दिन सम्म रोकियो अनि १२-१५ हजार भाडाले  अनलोडिङ हुने कुखुरालाई ५० हजार सम्म भाडा बुझाउनु पर्‍यो ।

त्यसैले फेरी कुखुरा पालक किसान हरु भन्दैछन कि लकडाउन पनि तिनै दाना उत्पादक र डिपो अनि मासु ब्यापारिलाई नै फाईदा दिन आएको रहेछ ब्यर्थको दुख ,ज्यानको खतरा, अनि पैसाको सत्यानास बाहेक केहि रहेनछ । त्यसैले एक जना ब्रोइलर कुखुरा पालक किसान ले लेख्नु भएको छ
"दाना  चल्ला बेच्ने हाइलेक्स चढ्ने !
मासु बेच्ने १ कठ्ठा जग्गा किन्ने !!
कुखुरा पाल्ने २ कठ्ठा जग्गा बेच्ने !!!

Comments